नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

आज गुरु पुर्णिमा

ओखलढुङ्गान्युज, असार ३१ ओखलढुङ्गा । आज साउन शुक्ल पूर्णिमा । साउन शुक्ल पूर्णिमाका दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो प्रदान गर्ने दिनका रूपमा साउन शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने हुन्छ ।

साउन शुक्ल पुर्णिमाको दिन खेलकुद, सङ्गीत, चित्रकला, लगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ । चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले विशेष महत्वका साथ आजको दिन गुरु पूजन वा गुरु स्मृति गर्ने गरिन्छ ।

गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ । आजका दिन विद्यालयमहरुमा विशेष कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्मानका साथ उपहार समेत दिने चलन छ ।

वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइन्छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।