नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गमा पहिरोले घर पुर्दा एकैघरका आमाछोरीको ज्यान गयो

ओखलढुङ्गान्युज, असार २८ ओखलढुङ्गा । पहिरोले घर पुरिदा ओखलढुङ्गामा एकैघरका आमाछोरीको मृत्य भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका ७ पात्लेका ४० वर्षिया खपुटी शेर्पा र उनकी १२ र्वािया छोरी याङ्जी शेर्पा रहेका छन् ।

शनिवार बिहान करीब ११ बजेतिर घर भन्दा माथितिरवाट आएको पहिरोको कारण शेर्पाको घर पुरिएको थियो । पहिरोले घर पुरिएपछि स्थानीयको पहलमा उद्धार गरिएको थियो । उद्धार गर्नेक्रममा दिउसो करीब २ बजेतिर शेर्पा आमाछोरीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

योसगै विगत तिनदिन देखी परेको अविरल वर्षातका कारण ओखलढुङ्गामा ज्यान गुमाउनेको संख्या चार पुगको छ । यसअघी खोलाले बगाउदा चिशंखुगढी गाउपालिका वडा नं. ४ की अन्दाजी ८५ वर्षिया पासाङपुटी शेर्पा र सिद्धिचरण नगरपालिका वडा नं. ६ माझखर्क बस्ने अन्दाजी ४० वर्षिया कान्छीमाया श्रेष्ठको मृत्यु भएको थियो ।

देशभर परेको अविरल बर्षातका कारण शनिवार दिईएको पछिल्लो तथ्यांक अनुसार ज्यान गुमाउनेका संख्या १६ पुगेको छ । हजारौ परिवार विस्थापित भएका छन् । वर्षातको कारण क्षति हुने र क्षति भएको जानकारी आउनेक्रम जारी छ । वाढि पहिरोमा परि अहिले पनि ५ जना बेपत्ता भैरहेका छन् ।

पछिल्ला केही दिनसम्म देशभर पानी परि तराईमा डुवान, कटानको क्रम जारी रहने भएकोले विपद्वाट हुने सम्भावित दुर्घटनाको जोखिमलाई कमगर्नतर्फ लाग्न र सजग रहन नेपाल सरकारले आग्रह गरेको छ ।