नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

काबुलमा भिषण विस्फोट, दर्जनौको ज्यान गयो

ओखलढुङ्गान्युज, असार १७, एजेन्सी । शोमबार अफगानिस्तानको राजधानी काबुलमा भिषण विष्फोट भएको छ । शक्तिशाली भिषण विस्फोटमा परि झण्डै तिनदर्जनको संख्यामा मानिसको ज्यान गएको छ । विष्फोटमा परि ३४ जना भन्दा बढी व्यक्तिको ज्यान गएको तथा  अन्य ६८ जना भन्ददा बढी घाइते भएका छन् ।

अफगानी समाचार संस्था टोलो समाचार समितिका अनुसार विस्फोटमा तालिवानी आतंककारीहरुको हात रहेको आंकलन गरिएको छ । विष्फोट पछि आक्रमणकारीहरु एक निर्माणाधीन भवनमा छिरेका र यही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

सुरुमा आक्रमणकारीहरुले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको केही समयपछि नै उक्त स्थानमा पुगेका सुरक्षा अधिकारीहरुले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

विष्फोट भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जान अनुमति नदिएको अन्तर्राष्ट्रिय समाचारमा जनाइएको छ । विष्फोटमा परि घाईते भएकाहरुको अवस्था चिन्ताजनक रहेको र घटनामा परि मृत्युहुने मृतकको संख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।