नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सुनकोशी नदि छेउमा एक किशोरीको शव फेला

ओखलढुङ्गान्युज, असार ६ ओखलढुङ्गा । सुनकोशी नदि किनारमा एक किशोरीको शव फेला परेको छ । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ टोक्सेल स्थित सुनकोशी नदि किनारमा किशोरीको शब फेला परेको हो ।

फेला परेको शब रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ७ का पुरण श्रेष्ठको १३ वर्षिया छोरी रेणुका श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । जेठ ३१ गते घरबाट हिँडेकी रेणुका धेरैदिन सम्म पनि सम्पर्कमा नआएपछि आफुहरुले सबैतिर खोजी गरेको रेणुकाको परिवार श्रोतले बताएको छ ।

रेणुका हराएपछि कतै नदितिर पो परिन कि भन्दै खोज्दै आएका आफन्तले नै उनको शव फेला पारेर प्रहरीलाई खबर गरेको ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । किशोरी आफैले नदीमा हाम फालेर आत्महत्या गरेकी हुन या उनको हत्या गरेर नदीमा फालिएको हो भन्ने वारेमा पोष्टमार्टम पछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । किशोरी श्रेष्ठको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाईने पनि ओखलढुङ्गा प्रहरीले जनाएको छ ।