नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

लागू औषध दुव्र्यशनी तथा ओसार पसार विरुद्ध ओखलढुङ्गामा प्रभातफेरी

ओखलढुङ्गान्युज, असार ५ ओखलढुङ्गा । आजवाट लागू औषध दुव्र्यशनी तथा ओसार पसार विरुद्धको राष्ट्रव्यापी अभियानको ओखलढुङ्गाका पनि शुभारम्भ भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी ओखलढुङ्गाको आयोजनामा ओखलढुङ्गामा पनि अभियानको शुभारम्भ भएको हो । अभियानको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गा नजिकै वाट लागू पदार्थ दुव्र्यशनीको विरुद्धमा विभिन्न चेतना मूलक नाराहरु लेखिएको प्ले कार्ड बोकेर प्रभातफेरी सञ्चालन गरिएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले अहिले सम्म ओखलढुङ्गामा लागू पद्धार्थ दुव्र्यशनी तथा ओसारपसारका घटनाका भएको सायदै नसुनिएको बताउनुभयो । अहिले नसुनिएपनि यदी कहिकतै त्यसको विरुवा उम्रिएको पाईएमा पछि पश्चातप गर्नु भन्दा तत्काल नियन्त्रण गर्न तर्फ लाग्नु आजको आवश्यकता भएको बताउनुभयो । दुव्र्यसन मुक्त समाज निर्माणको लागि सञ्चालन गरिएको यो अभियान प्रहरीको मात्रै नभएकोले सबै नागरिक जुट्नुपर्ने आवश्यकतामाथि जिल्ला समन्वय प्रमुख श्रेष्ठले जोड दिनुभयो । दुब्र्यशनी मुक्त समाज निर्माणका लागि सबै परिवारले आ–आफ्नो बालबालिकाको व्यबहारका बारेमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

त्यस्तै, कोण सभालाई सबोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले दुव्र्यसनी मुक्त समाज भएमा भविष्यमा देशले समुन्नतीको मुहार फेर्ने बताउनुभयो । अभियान अभियानमा मात्रै सिमित राख्न नहुने बताउदै नगरप्रमुख श्रेष्ठले आफ्ना बालबालिकाको आनीबानीलाई सबै अविभावकले बेलैमा ध्यान दिनुपर्ने समेत बताउनुभयो । बालबच्चालाई सिकाउनु अघि अबिभावक स्वयम् लागू औषधको दुव्र्यसनवाट मुक्त हुनुपर्ने बताउनुभयो ।

लागू औषध दुव्र्यसनी तथा अन्य जुनसुकै अपराध गरेका व्यक्तिहरुसग छिटो होटल व्यबसायहरुको सम्पर्क हुने होटल व्यबसायी संघ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्रराज राईले बताउनुभयो । जसका कारण व्यबसायीहरुमा सुरक्षाको चुनौती समेत सृजना भएको बताउनुभयो । अपराध गरेर वा दुव्र्यसन प्रयोग गरेर होटल व्यबसायी सम्म सम्बन्धित व्यक्तिहरु आईपुग्छन्, तर त्यसको जानकारी प्रहरी प्रशासनलाई गराउदा समयमा नै प्रहरी एक्सनमा जान नसक्दा होटल व्यबसायीहरुलाई सुरक्षा चुनौती थपिने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले अभियानको सुरुवातमा नै विभिन्न विशिष्ट व्यक्तिहरुले महत्वपूर्ण सुझाब दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुको सुझाब र सल्लाहको आधारमा नै ओखलढुङ्गा प्रहरीले आगामी दिनमा कार्यक्रम निर्माण गरि लागू पदार्थ दुव्र्यसनी तथा ओसारपसारका घटनालाई नियन्त्रण गर्न लागि पर्ने बताउनुभयो । तर यस्ता कार्यक्रमहरुको कार्यान्वयनमा भने नागरिकहरुको महत्वपूर्ण सहयोग सदैब आवश्यकता पर्ने पनि प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय अगाडीवाट सुरु भएको प्रभातफेरी कार्यक्रम गणेशचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, उद्योग बाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, होटल व्यबसायी संघका अध्यक्ष थगेन्द्रराज राई लगायतले सम्बोधन गर्नुभएको थियो ।