नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गामा सवारी दुर्घटना, ५ को अबस्था गम्भिर

ओखलढुङ्गान्युज, असार ५, ओखलढुङ्गा । ओखलढुङ्गामा आज सवारी दुर्घटनामा परि पाँच जना गम्भिर घाईते भएका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारवाट सदरमुकाम तर्फ आउदै गरेको को १ ह ४९०० नम्बरको अटो दुर्घटनामा पर्दा उनीहरु गम्भिर घाईते भएका हुन् ।

घाईते हुनेहरुमा अटोका चालक सिद्धिचरण नगरपालिका वडा नं. ४ का अन्दाजी वर्ष ३४ का सानोबाबु दाहाल, सुनकोसी गाउँपालिका वडा नं. ३ का युवराज कटवाल रहेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेका खड्ग बहादुर श्रेष्ठ, सुनकोसी गाउँपालिका वडा नं. ५ का भरत राई र खिजिदेम्बा गाउँपालिकाका फुरी शेर्पा रहेका छन् ।

घाईतेहरुको अवस्था गम्भिर रहेको छ । चालक दाहाल बाहेक अन्य चारैजना रुम्जाटार उच्च माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हुन् । आजवाट ओखलढुङ्गा सदरमुकाममा सञ्चालन हुदै गरेको सिद्धिचरण नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन रुम्जाटारवाट सदरमुकाम तर्फ जादै गरेको अटो दुर्घटनामा परेको हो ।

अटो विहिवार विहान करिब ११ ः ३० बजे दुर्घटनामा परेको हो । ओखलढुङ्गा–रुम्जाटार सडक खण्डको बर्णालुको ढुंग्रे भन्ने स्थानमा अटो सडकबाट करीब ३० मिटर तल खसेको थियो । घटनास्थलवाट विरामीहरुलाई तत्काल उद्धार गरि सामुदायीक अस्पताल सोब्रुमा पठाईएको थियो । विरामीको सामुदायीक अस्पतालमा उपचार हुन नसके पश्चात थप उपचारका लागि काठमाण्डौं तर्फ पठाईएको छ ।

भर्खरै पिच गर्न लागेको सडकको ट्रनिङमा अटोको तिब्र गतिलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटनामा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । प्रदेश नम्बर १ ओखलढुङ्गाका माननिय सांसद अम्बिरबाबु गुरुङको पहलमा दुर्घटनाका घाईतेहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत टिचिङ अस्पताल काठमाण्डौं पठाईएको पनि प्रहरी नायव उपरिक्षक मल्ले जानकारी दिनुभयो ।

आफ्ना खेलाडी विद्यार्थीहरु सवारी दुर्घटनामा परि घाईते भएपछि नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन आएका उक्त विद्यालयका खेलाडीहरुले खेलमा सहभागीता नजनाई फर्केका छन् । रुम्जाटार माद्यमिक विद्यालयले रनिङ शिल्डका सबै विधामा आफ्ना ५० जना भन्दा बढि विद्यार्थीलाई सहभागीता गराउने तयारीका साथ सदरमुकाम आईपुगेको थियो ।