नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

अपडेट चिशंखुगढी अध्यक्षकप भलिवल ः लिखु फाईनलमा

ओखलढुङ्गान्युज, जेठ २८ चिशंखुगढी । चिशंखुगढी गाउँपालिकाको प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिताका लिग चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको तेश्रो दिन शोमबार लिग चरणका खेलहरु सकिएसँगै सेमीफाईनलका खेलहरु जारी रहेका छन् ।

लिग खेलवाट समूहचरणका समूह १ वाट समूह विजेता वन्दै लिखु गाउँपालिका र उपविजेता हुदै ताप्ली गाउँपालिका सेमीफाईनलमा प्रबेश गरेका छन् । त्यस्तै समूह २ वाट समूह विजेता बन्दै चम्पादेवी गाउँपालिका र उपविजेता वन्दै चिशंखुगढी गाउँपालिका सेमीफाईनलमा प्रबेश गरेको हो ।

पहिलो सेमिफाईनलमा लिखु गाउँपालिकाले आयोजक चिशंखुगढी गाउँपालिकालाई सोझो सेटमा हराएर फाईनल प्रबेश गरेको छ । तर दोश्रो खेलमा चम्पादेवी गाउँपालिका र ताप्ली गाउँपालिका उदयपुर बिच कडा प्रतिष्पर्धा भएको छ । दुबै पक्षविच कडा प्रतिष्पर्धात्मक खेल हुदै गर्दा वेष्ट अफ फाईवको खेलमा दुवै टिमले दुई/दुई सेट आफ्नो पक्षमा पारेका थिए । पाचौ सेटको खेल सञ्चालन गर्न अधेरो भएपश्चात दोश्रो सेमिफाईनल खेल मंगलवार विहानको लागि तय गरिएको छ ।

शोमबार सम्पन्न भएको पहिलो सेमीफाईनल खेलमा चिशंखुगढी गाउँपालिकालाई २५–१७, २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै लिखु गाउँपालिका फाईनलमा प्रबेश गरेको छ । सेमिफाईनलको दोश्रो खेलमा प्रतिष्पर्धात्मक रुपमा चम्पादेवी गाउँपालिका र ताप्ली गाउँपालिका उदयपुरले २१–२५, २५–१८, २२–२५ र २५–२२ को सेट खेल्दै २–२ सेटमा विजयी हासील गरेको खेलका संयोजक नरेन्द्र बस्नेतले जानकारी दिनुभयो । समय अभावका कारण रोकिएको सेमिफाईनलको दोश्रो खेल मंगलवार विहान अर्थात आज विहान खेलाईने पनि खेलका संयोजक वस्नेतले जानकारी दिनुभयो । फाईनल खेल मंगलवार ९आज० नै हुनेछ ।

प्रथम अध्यक्षकपको बिजेताले १ लाख ५१ हजार १ सय ५१, उप विजेताले १ लाख १ एक हजार  १ सय ११ र तृतीय स्थान हासिल गर्नेले ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै विभिन्न व्यक्तिगत विधातर्फ उत्कृष्ट शेटर, उत्कृष्ट डिफेन्डर, अनुशासित लगायत ६ ओटा विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।