नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

गोजिवाट झिकेर स्थानीय तहले शिक्षकभर्ती नगर्नुस ः मन्त्री पोखरेल

विवेश श्रेष्ठ, जेठ २७ ओखलढुङ्गा । शिक्षक नियुक्तिको नाममा जथाभावि शिक्षक नियुक्ती नगर्न शिक्षा विज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणी पोखरेलले स्थानीय तहलाई निर्देशन दिनुभएको छ । आज ओखलढुङ्गामा यसै शैक्षिकसत्रवाट सुरुभएको स्कूल अफ हेल्थ साईन्सको अनुगमन पश्चातको सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

शिक्षकको नियुक्ति गर्ने अधिकार शिक्षक सेवा आयोगलाई मात्रै हुने भएकोले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर नजान स्थानीय जनप्रतिनिधीलाई अनुरोध गर्नुभएको हो । त्यसैले शिक्षक नियुक्ती गर्ने अधिकार शिक्षक सेवा आयोगसँग मात्रै छ । मन्त्री पोखरेलले भन्नुभयो, ‘कोहीपनि संविधान भन्दा बाहिर जान मिल्दैन । खल्तीबाट झिकेर जथाभावी जो पायो त्यहि मान्छेलाई शिक्षक बनाउने काम बन्द गरौं ।’ शिक्षक सेवा आयोग पास गरेका व्यक्तिलाई मात्रै शिक्षक भर्ती गर्नुपर्ने  बताउदै शिक्षक सवल भए मात्रै शिक्षाको गुणस्तर बढ्ने उहाँको भनाई थियो ।

नेपाल सरकारले यस आर्थिक वर्षसम्म ५ सय ९७ स्थानीय तहमा प्राबिधिक शिक्षा पुर्याएको भन्दै देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरेको मन्त्री पोखरेलले बताउनुभयो । अर्को वर्ष सम्ममा देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गरिने पनि उहाँको भनाई छ । शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग, सिपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।’

ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गामा स्कूल अफ हेल्थ साईन्सको अध्ययन/अध्यापन सुरु भएपछि पूर्वी पहाडि क्षेत्रका विद्यार्थीहरुले नर्सिङले पढ्न लाखौं खर्च गरेर टाढा धाउनुपर्ने बाध्यता टरेको बताउनुभयो । सांसद सुनुवारले पहिलो शैक्षिक सत्रमा २० सिटमा नर्सिङ कक्षाको सुरुवात गरेको र अर्को शैक्षिकसत्रबाट ४० सिटमा विस्तार गर्ने र त्यसको व्यवस्थापनका लागि आगामी आर्थीक वर्षको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट थोरैमा १५ लाख नगद सहयोग गर्ने सुनुवारले घोषणा गर्नुभएको हो ।

ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुको व्यवस्थापनमा जिल्लामा स्कूल अफ हेल्थ साईन्सको अध्यन/अध्यापन यसवर्ष देखि सुरु भएको छ । अहिले २० जना छात्राहरुले अध्ययान गरिरहेको अस्पतालका निमित्त निर्देशक बुद्ध श्रेष्ठले जानकारी दिनुभयो । लामो प्रयासपछि सिटिईभिटिसँगको साझेदारीमा नर्सिङ अध्ययापन सुरु गरिएको उहाँको भनाई छ ।