नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रियंका र दिनेश प्रथम

ओखलढुङ्गान्युज, जेठ २५ ओखलढुङ्गा । ओखलढुङ्गामा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता विहिबार सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगितामा छात्रा तर्फ चिशंखुगढी गाउँपालिकाको सरस्वती मावि खानिभञ्ज्याङ्गका प्रियंका थापा प्रथम भएका छन् । त्यस्तै छात्र तर्फ भने मानेभञ्ज्याङ्ग गाउँपालिकाको निकेतन माद्यमिक विद्यालय मानेभञ्ज्याङ्गका दिनेश शाही सार्की प्रथम भएका छन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा छात्रा तर्फ मोलुङ गाउँपालिकाको बरुणेश्वर माद्यमिक विद्यालयकी विनिता नेपाल दोश्रा र सुनकोसी गाउँपालिकाको कटुञ्जे माद्यमिक विद्यालय कटुञ्जेकी हिरादेवी सापकोटा तेश्रो भएकी छिन् । त्यस्तै छात्र तर्फ भने मोलुङ गाउँपालिकाको बरुणेश्वर माद्यमिक विद्यालय रामपुर कै दिपेन्द्र दाहाल दोश्रा र सुनकोसी गाउँपालिकाको प्रबुद्ध माद्यमिक विद्यालय च्यानमका सुविनराज चौरेल तेश्रा भएका छन् ।

‘मेरो ओखलढुङ्गा, आज र भोली’ विषयक बक्तृत्वकला प्रतियोगितामा जिल्लाका ६ स्थानीय तहका १० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा लिखु गाउँपालिका तथा चम्पादेवी गाउँपालिकाको तर्फवाट भने विद्यार्थीहरुले सहभागिता जनाएका थिएनन् । सबै स्थानीय तहमा पालिका स्तरीय प्रतियोगीता सम्पन्न गरिएर पालिका वाट छनौट भएर आएका दुई दुई जनालाई सहमागीता गराईको भएपनि दुई स्थानीय तहवाट भने सहभागीता नभएको शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाले जनाएको छ । जिल्लामा भएको प्रतियोगितावाट विजयी भएका एक/एक जना छात्रा/छात्रलाई प्रदेशमा हुने प्रतियोगितामा सहभागीता गराईने पनि शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाले जनाएको छ ।

प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि एवम् सभाध्यक्ष सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले साना साना कक्षा देखी नै उचित शिक्षादिक्षा पाएमा देशले उत्कृष्ट सम्पती प्राप्त गर्ने बताउनुभयो । सबैको आ–आफ्नै कला, दक्षता र क्षमता हुने भन्दै उपप्रमुख गुरुङले बालबालिकाको विकासको क्षेत्रमा आगामी आर्थिक वर्षमा नगरपालिकाको परिषदवाट केही बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउदै जिल्लाका सबै स्थानीय तहहरुले पनि बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

निर्णाण्क मण्डलका प्रमुख जिल्ला सरकारी वकिल एवम् निमित्त जिल्ला न्यायधिबक्ता सृजना घिमिरेले आफुहरुले ओखलढुङ्गाको बारेमा अध्ययन गरेको भन्दा धेरै गुणा बढि बक्तृत्वकला प्रतियोगितामा बसेर थाहा पाउने अवसर आफुले समेत प्राप्त गरेको बताउनुभयो । विद्यालय तहवाट नै विभिन्न सृजनात्मक कार्यक्रमहरु मार्फत बालबालिकाको आफ्नो क्षमतालाई बाहिर प्रस्फुटन गराउन तर्फ सबै सम्बन्धित निकाय तथा अविभावकहरुले समेत ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।