नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चिशंखुगढी गाउँपालिका प्रथम अध्यक्षकप भलिवलको दोश्रो दिन लिग चरणका ६ खेल सम्पन्न

ओखलढुङ्गान्युज, जेठ २६चिशंखुगढी । चिशंखुगढी गाउँपालिकाको प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिताका लिग चरणका खेलहरु जारी रहेका छन् । प्रतियोगिताको दोश्रो दिन लिग चरणका ६ खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ ।

लिग चरणको आज भएको खेलमा ताप्ली गाउँपालिका उदयपुरले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २–१ को सेटमा पराजित गरेको छ । दोश्रो खेलमा चिशंखुगढी गाउँपालिकाले ऐशेलुखर्क गाउँपालिका खोटाङलाई २–० सेटमा पराजित गरेको छ । त्यस्तै आजको तेश्रो खेलमा सिद्धिचरण नगरपालिकाले मानेभञ्ज्याङ्ग गाउँपालिकालाई २–१ सेटमा नै पराजित गरेको छ । चौथो खेलमा चम्पादेवी गाउँपालिकाले चिशंखुगढी गाउँपालिकालाई २–१ सेटमा नै पराजित गरेको छ ।

त्यसैगरि आज भएको पाचौ खेलमा लिखु गाउँपालिका ओखलढुङ्गाले ताप्ली गाउँपालिका उदयपुरलाई २–१ सेटमा नै पराजित गरेको छ  भने लिग चरणको दोश्रो दिनको अन्तिम खेलमा मोलुङ गाउँपालिका ओखलढुङ्गालाई ऐशेलुखर्क गाउँपालिका खोटाङले २–१ सेटमा नै पराजित गरेको छ ।

लिग चरणको तेश्रो दिनको खेल शोमबार सिद्धिचरण नगरपालिकाको विरुद्धमा लिखु गाउँपालिका, मोलुङ गाउँपालिकाको विरुद्धमा चिशंखुगढी गाउँपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिकाको विरुद्धमा ताप्ली गाउँपालिका उदयपुर र लिग चरणको अन्तिम खेलमा चम्पादेवी गाउँपालिका विरुद्ध ऐशेलुखर्क गाउँपालिका खोटाङ भिड्नेछन् । लिग चरणको खेल समापन हुनासाथ नै सेमीफाईनलका खेलहरु पनि शोमबार नै खेलाईने निर्णायक नारायणकाजी राईले जानकारी दिनुभयो ।

प्रथम अध्यक्षकपको बिजेताले १ लाख ५१ हजार १ सय ५१, उप विजेताले १ लाख १ एक हजार  १ सय ११ र तृतीय स्थान हासिल गर्नेले ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै विभिन्न व्यक्तिगत विधातर्फ उत्कृष्ट शेटर, उत्कृष्ट डिफेन्डर, अनुशासित लगायत ६ ओटा विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले बताएको छ ।