नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चम्पादेवीमा एक पुरुष मृत भेटिए

विवेश श्रेष्ठ, जेठ २४ चम्पादेवी । चम्पादेवी गाउँपालिकामा एकजना व्यक्तिको संकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं. ७ साविकको कालिका गाविस वडा नं. ४ का अन्दाजी वर्ष ५० का रुद्र बहादुर थापा रहेका छन् । मृतक थापा चम्पादेवी गाउँपालिका वडा नं. २ नवलपुर घाट नजिकैको भिरवाट झर्ने खोल्सामा मृत फेला परेका हुन् ।

मृतक थापासगै काठमाण्डौवाट आएका घाईते दिपक कुमार बुढाथोकीले स्थानीयलाई जानकारी गराएपछि उनलाई उपचारका लागि काठमाण्डौं पठाईएको थियो । स्थानीयवाट भएको जानकारीको आधारमा घटनास्थलमा पुग्दा थापा मृत भेटिएका हुन् । घाईते बुढाथोकीका अनुसार राती बाटो हिड्ने क्रममा आफु ढुङ्गामा ठोक्किएर लडेको र आफुलाई बचाउन जादा (बुढाथोकीका मामा नाता पर्ने) थापाको लडेर मृत्यु भएको हो ।

मृतक थापाका परिवारले भने घाईते बुढाथोकीले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लगाएका छन् । काठमाण्डौवाट आएका दुवैजना राती सगै खाना खाएर बास बस्नु, अनि आफुहरुलाई कसैले आक्रमण गर्न लागेको आशंकाले राती नै उठेर हिड्नु, अनी भिरनजिकैको खोल्सामा मृत भेटिनु संकास्पद रहेकोले बुढाथोकीले नै योजनाबद्ध रुपमा हत्या गरेको मृतकका परिवारले आरोप लगाएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षकको टोलीले घटनास्थलको मुचुल्का उठाएर लासलाई पोष्टमार्टम गर्न पठाएको थियो । घाईते बुढाथोकीले नै मृतकको हत्या गरेको आरोप लागेपछि घाईते बुढाथोकीलाई अहिले काठमाण्डौवाट ओखलढुङ्गा ल्याएर अनुसन्धान गरिरहेको छ ।

घटनास्थल हेर्दा घाईते बुढाथोकीले भनेको जस्तै भिरवाट लडेर नै थापाको मृत्यु भएको पनि हुनसक्ने तथा परिवारले लगाएको आरोप झै बुढाथोकीले नियोजित रुपमा नै त्यहाँ पुर्याएर हत्या गरेको समेत हुनसक्ने प्रहरी नायव उपरिक्षक मल्लले बताउनुभयो । यो समाचार तयार पार्दा सम्म कुनै उजुरी नपरेको भएपनि परिवारको आरोपका आधार बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको घेरामा राखेको छ । बास बसेका दुवैजना आकस्मिक रुपमा राति करीब ११ बजे उठेर हिड्नु अनि सगैको साथि चाही भिरमा लडेर मृत भेटिनु संकास्पद समेत रहेको पनि जिल्ला प्रहरी प्रमुख मल्लले बताउनुभयो । तर प्रहरीले अनुसन्धान सुरुवात गरिसकेकोले घटनाको बारेमा चाडै नै सत्यतथ्य वाहिर आउने पनि उहाँले बताउनुभयो ।

मृतक थापा र घाईते बुढाथोकी साविकको कालिका गाविसमा वडा नं. ४ र वडा नं. तथा हालको चम्पादेवी गाउँपालिका वडा नं. ७ र ३ का बासिन्दा हुन् । नाताले उनीहरु मामा र भाञ्जा पर्छन् । स्थानीय गाउँघरवाट खसीबोका किनेर काठमाण्डौं लगेर बेचसवखन गर्ने उनीहरु बुधबार पनि खसीबोका खरिदका लागि काठमाण्डौंबाट ओखलढुङ्गा तर्फ आएका थिए । साझमा नै नवलपुर आईपुगेका उनीहरु नवलपुर कै एक होटलमा खाना खाएर सुतेका थिए । तर राती करीब ११ बजेपछाडी घटना घटेको घाईते बुढाथोकीले बताएका छन् ।