नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ईतिहासले हुत्याईएकाहरुले संघियताको विरोध गर्दैछन् ः नेकपा अध्यक्ष प्रचण्ड

ओखलढुङ्गान्युज, जेठ १५ चिशंखुगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ईतिहासले लखेटिएकाहरुले सहमती र एकतावाट हुन लागेको विकासलाई देखिसहन नसकेको बताउनुभएको छ । लखेटिएका र तिनका आसेपासेहरुले संघियताको बिरोध गर्दै हिडेको उहाँको भनाई छ । बुधबार गणतन्त्र दिवसको अवसर पारेर सहिद क्याप्टेन यज्ञ बहादुर थापाको सालिक निर्माणको सिलान्यास गर्नका लागि ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका आईपुग्नु भएका अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

देशमा आजकै दिन गणतन्त्रको स्थापनाको घोषणा सगै एकता, सहमती र सहकार्यवाट देश अघि बढ्न खोजीरहेको वेला संघियता र गणतन्त्रका विरोधीहरुले त्यसलाई देखि नसहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ज–जसले विरोध गरेपनि देश एकता, सहकार्य र सहमतीवाटै अगाडी बढ्ने उहाँको भनाई थियो । त्यसैको उदाहरण स्वरुप सहिद क्याप्टेन थापाको सालिक सिलान्यासमा उपस्थिती भएका जनसमुदाय र कार्यक्रममा सम्बोधन गर्ने सहभागी नेताहरुको शब्दले बताईसकेको बताउनुभयो ।

राजनिति भन्दा माथि उठेर, शहिद देश र जनता भन्दा माथि हुन्छ भन्ने सन्देश चिशंखुगढीले दिएको बताउदै अध्यक्ष प्रचण्डले यो कार्यक्रमवाट देशका सबैले प्रेरणाका रुपमा लिने बताउनुभयो । राणाकालीन राज्य व्यबस्था हुदा देखी देशमा संघियता र गणतन्त्रको पक्षमा निरन्तर डटेर लाग्ने सहिद क्याप्टेन थापादेखी सयौ सपुतहरु ओखलढुङ्गाले जन्माएकोमा ओखलढुङ्गा र सपुत जन्माउने ती आमाहरुप्रति सम्मान व्यक्त गर्नुभयो । संघिय गणतन्त्रको विरुद्धमा लाग्नेहरु नागरिकहलाई भ्रमित पारेर संघियता असफल पार्न लागि परेको भन्दै यसतर्फ नागरिक र राजनितीक दल सबै सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले चिशंखुगढि गाउँपालिकाले प्रस्तावको रुपमा राखेको रामेछाप–मन्थली–साँघुटार–ओखलढुङ्गा–सिलौरीघाट–दिक्तेल–भोजपुर सडकलाई सहिद क्याप्टेन थापाको नामवाट नामांकरण गर्न आफ्नो पूर्ण समर्थन रहेको भन्दै त्यसका लागि आजै हुने मन्त्रिहरुसगको छलफल तथा प्रधानमन्त्रीसगको भेटघाटमा समेत राख्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले आफुले चुनावको बेलामा गरेको प्रतिबद्धताहरुलाई पुरा गराउने क्रममा चिशंखुगढीमा विद्युतले उज्यालो बनाएको बताउनुभयो । सडक र बत्ति विकासको पहिलो शर्त भएकोले त्यसको सुरुवात चिशंखुगढीमा भै सकेको बताउदै सांसद सुनुवारले शहिद क्याप्टेन थापाको सालिक निर्माण र ऐतिहासिक चिशंखुगढीको विकासको लागि आफु सदैव लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै १ नम्बर प्रदेशका अर्थ समितिका सभापति माननिय मोहन कुमार खड्काले शहिद क्याप्टेन थापाको नामवाट शहरको विकास गर्न प्रदेश सभा लागि परेको बताउदै १ नम्बर प्रदेश सदैव सहिदहरु प्रति समर्पित हुने बताउनुभयो । शहिदको नाममा बन्ने सहरको लागि प्रदेश सरकारले चाडै नै स्थान पहिचान गरि आवश्यक बजेटको विनियोजन गर्ने समेत सभापति खड्काले बताउनुभयो । शहिदको नाममा डलरको खेती गर्नेहरुलाई पनि सहिदको सम्मान गर्ने सद्बुद्धि मिलोस भन्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम चिशंखुगढी गाउँपालिकाले वडा नं. २ पोखरेमा आयोजना गरेको हो ।