नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सोचको संस्थागत पैरवी क्षमता विश्लेषण सुचक सम्वन्धी  तिनदिने कार्यशाला सम्पन्न

ओखलढुङ्गान्युज, जेठ ६ काठमाण्डौं ।  सोच नेपाल काठमाण्डौले संस्थागत पैरवी क्षमता विश्लेषण सुचक सम्वन्धी  तिनदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । शुक्रवार देखी सुरु भएको कार्यशाला गोष्ठी आईतवार सम्पन्न भएको हो । कार्यशाला गोष्ठीमा संस्थाले नागरिक समाज स्थानीय अभियान सञ्चालन गर्दादेखी हालसम्म गर्दै आईरहेको नागरिक समाजका मुद्दाको पैरवी र त्यसको अवस्थावारे कार्यात्मक छलफल भएको थियो । पैरवीमा क्षमताका सुचकहरुका आधारमा गरीएको विश्लेषणमा संस्थाले हालसम्म गरेको कामको स्ववमुल्याकंन र मापन गरीएको थियो ।

नागरिक समाज स्थानीय अभियान अन्तर्गत तथा संस्थाले सञ्चान गरेको कुरीति तथा अन्ध्विश्वास लगायतका कार्यक्रमहरुको निरन्तरता र दिगोपनाका लागि चाल्नु पर्ने आवश्यक गतिविधीको बारेमा समेत छलफल भएको थियो । कार्यशालामा छलफलका क्रममा संस्थाद्धारा संचालित कार्यक्रमलाई पैरवीसंग जोडेर अगाडी लैजानुपर्ने तथा त्यसो गर्न सकेमात्रै   दिर्घकालीन रुपमा समुदायलाई सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालिएको छ ।

कार्यशाला गोष्ठिमा सहभागिमुलक कार्य समुह (नेपान) का क्षमता विकास विज्ञ गोविन्दराज पौडेल र कार्यक्रम अधिकृत दिवेश सायमीले गर्नुभएको थिए । कार्यालामा सोच नेपालका बोर्ड सदस्यहरु सहित संस्थाका सल्लाहकार, परियोजना निर्देशक तथा कार्यरत जिल्लाका जिल्ला संयोजकहरुको समेत सहभागीता रहेको थियो । सोच नेपालले नागरिक समाज पारस्पारिक जवाफदेहिता स्थानीय अभियान अन्तर्गत ओखलढुङ्गा, काठमाण्डौं र गोरखा तथा कुरीतिका विरुद्धको कार्यक्रम भने सर्लाही, महोत्तरी लगायत तराईका २९ जिल्लामा सञ्चालन गर्दै आएको छ । परियोजना हुदा वा नहुदा पनि संस्थागत रुपमा आगामी दिनमा विभिन्न सवालहरुको पैरवी गर्नका लागि कार्यशालावाट  कार्य योजना पनि निर्माण गरिएको छ ।