नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मनकामना माविको नवनिर्मित भवन हस्तान्तरण

ओखलढुङ्गान्युज, बैशाख २७ वाक्सा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका २ वाक्सामा रहेको मनकामना माद्यमिक विद्यालयको भुकम्प प्रतिरोधी नवनिर्मित भवको हस्तान्तरण गरिएको छ । विहिवार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका विच नवनिर्मित भवनको संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले उद्घाटन गरे सगैं हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाको प्राविधिक सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको हो । सुबिधा सम्पन्न २० कोठे भवन निर्माणका लागि एशियाली विकास बैंक एडिबीले ऋण सहयोग गरेको हो । भवनको कुल लागत ६ करोड ६६ लाख ८७ हजार २ सय ५९ रुपैया पचास पैसा रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाका ईञ्जिनियर सविन लामाले जानकारी दिनुभयो ।

नवनिर्मित भवनको संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले रिवन काटेर उद्घाटन गर्नुभएको हो । सम्पन्न भएको नवनिर्मित भवनको चावि जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाका प्रमुख डिल्लीराम लुईटेलले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष युवराज राईलाई चावी हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई संघिय प्रतिनिधीसभाका सांसद  माननिय यज्ञराज सुनुवार, नेकपाका जिल्ला नेता मेख बहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सभापती प्रदिप कुमार सुनुवार लगायतले सम्बोधन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले भूकम्पले क्षतविक्षत बनाएको विद्यालयको निर्माणका लागि आर्थिक तथा प्राविधीक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजले विद्यालयको शैक्षिक गुणस्तरलाई बृद्धि गर्नुपर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए । बच्चाहरुलाई गाली गरेर सिकाए पछि बच्चाहरुले पनि गाली नै गर्न सिक्ने र मैत्रीपूर्ण व्यबहार गरि शिक्षण सिकाई गरे उनीहरुपनि त्यस्तै हुने भन्दै आगामी दिनहरुमा विद्यार्थीको सिकाईलाई सुधार कसरी गर्न सकिन्छ भन्ने तर्फ लागि पर्न आग्रह गरेका थिए ।

अहिले मनकामना माद्यमिक विद्यालय वाक्सामा ३ सय ५० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् भने गत शैक्षिक सत्रवाट १० जोड २ कक्षा पनि सञ्चालनमा रहेको विद्यालय प्रशासनले जनाएको छ । नयाँ भवन निर्माण भएसगै यसै आर्थिक शैक्षिक सत्रवाट सञ्चालन हुने गरि प्रदेश सरकारको तर्फवाट आईसिटी कक्षा सञ्चालनका लागि बजेट प्राप्त भै सकेको र त्यसको व्यबस्थापनको कार्य पनि भै रहेको विद्यालय प्रशासनले जनाएको छ ।