नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेकपा ओखलढुङ्गाको अध्यक्षमा सांसद खड्का, सचिवमा मेयर श्रेष्ठ

विवेश श्रेष्ठ, बैशाख  १०, ओखलढुङ्गा । सत्तारुढ पाटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शोमबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

तत्कालीन नेकपा (एमाले) र तत्कालीन एकिकृत नेकपा (माओवादी) विचको पार्टी एकता हुने कुराको छलफल लामो सयमदेखी चलेको भएपनि शोमबार बसेको नेकपाको सचिवालयको बैठकवाट भने सबै जिल्लाको जिल्ला नेतृत्व टुंग्याएको हो । जिल्ला नेतृत्वका बारेमा आकलन र छलफल एकातिर भएको भएपनि पार्टीको सचिवालय बैठकले भने एक व्यक्ति एक पदको अबधारणालाई मिच्दै नेतृत्व चयन गरेको छ ।

नेकपाले शोमबार टुंग्याएको जिल्ला नेतृत्वमा ओखलढुङ्गामा पनि ‘एकमान्छे एकपद’को अबधारणालाई मिचेको छ । ओखलढुङ्गा नेकपाको जिल्ला अध्यक्षमा ओखलढुङ्गावाट प्रदेश नं. १ का निर्वाचित माननिय सांसद मोहनकुमार खड्कालाई तोकेको छ । त्यस्तै सचिवमा सिद्धिचरण नगरपालिकाका मेयर एवम् पूर्व नेकपा (एमाले)का जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठलाई तोकेको छ ।

शोमबार विहानसम्म ओखलढुङ्गा जिल्लाको नेकपाको जिल्ला अध्यक्षमा तत्कालीन माओवादीका तर्फवाट बाबुराम गौतमलाई तोकेको भनि समाजिक सञ्जालमा बधाईको ओईरो लागेको थियो । तर पार्टी केन्द्रको आधिकारीक वेबसाईटमा अध्यक्षमा खड्का र सचिवमा श्रेष्ठ रहेको उल्लेख छ । नेकपा ओखलढुङ्गाले शोमबार नै जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष तथा सचिव दुबैलाई बधाई दिएको छ ।

नेकपाका जिम्मेवार केही जिल्ला स्तरीय नेताहरुले भने पार्टी केन्द्रको सचिवालयवाट आएको निर्णयले अचम्मित पारेको बताएको छ । शोमबार विहान करीब ९ः३० बजे सम्म ओखलढुङ्गाको नेकपाको अध्यक्षमा बाबुराम गौतम नै हुने पक्का पक्की थियो । त्यसैले पनि अधिकांस शुभचिन्तकहरुले सामाजिक सञ्जालहरु मार्फत गौतमकै वालमा ट्याग गरि बधाईको ओईरो लगाएका थिए ।

तर पार्टी केन्द्रिय सचिवालयको त्यसपछि बसेको बैठकले अध्यक्ष र सचिवमा अर्कै मान्छेको नाम निर्णय ग¥यो । पार्टी सचिवालयको बैठक अगाडी सम्म ओखलढुङ्गावाट नेकपाको जिल्ला अध्यक्षमा बाबुराम गौतम, नेत्र प्रसाद भट्टराई र नानीबाबु बुढाथोकीको दावी रहेको भएपनि बाबुराम गौतम नै हुने पक्कापक्की भै सकेको थियो ।

नेकपाको जिल्ला पार्टी अध्यक्षमा सिपाmरिस भएपश्चात प्रतिक्रिया दिदै जिल्ला अध्यक्ष सांसद मोहन कुमार खड्का हिमशिखरले एकता पछिको पहिलो जिल्ला अधिबेशन सम्म मात्रै आफुहरुले अहिलेको नेतृत्व सम्हाल्ने बताउनुभएको छ । आफु सांसदका साथै प्रदेश अर्थ समितिको सभापती पनि रहेकोले जिल्लाको पार्टीको गतिबिधीमा सहभागी हुन थोरै कठिनाई भएपनि पार्टीले विश्वास गरि जिम्मेवारी दिएकोले आफ्नो जिम्मेवारीलाई दृढता पूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।