नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

प्रहरीलाई नगरपालिकाको अग्नि नियन्त्रक फायर स्ट्रिङ्गेसर मेसीन सहयोग

ओखलढुङ्गान्युज, बैशाख  8,ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई (अग्नि नियन्त्रक हाते मेशिन) फायर स्ट्रिङ्गेसर हस्तान्तरण गरेको छ । एक अनौपचारिक कार्यक्रमका विच सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले उक्त मेशीन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक पुष्पराज मल्ललाई हस्तान्तरण गर्नुभएको हो ।

जिल्लामा भै रहने साना तिना आगलागीका घटनाहरुमा पनि पहिला सूचना जिल्ला प्रहरी कार्यालयमा नै आईपुग्छ । त्यसैले आगो नियन्त्रणका लागि पनि सर्वप्रथम प्रहरी नै घटनास्थलमा पुग्छ । सानो आगलागी नियन्त्रणका लागि पनि प्रहरी नै पुग्नुपर्ने र त्यसले मानविय क्षति समेत निम्त्याउन सक्छ । त्यो क्षतिलाई कम गर्न र आगोलागी छिटो नियन्त्रण गर्नकालागि सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाको बजेटवाट दुईथान उक्त फायर स्ट्रिङ्गेसर जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको नगरपालिका उपप्रमुख ईच्छा कुमारी गुरुङले बताउनुभयो ।

विगतका साना तिना आगलागीहरु भएका ठाँउमा नजिकै रहेको अन्य सरकारी कार्यालयको फायर स्ट्रिङ्गेसर प्रयोग गर्ने गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मल्लले बताउनुभयो । आगलागीलाई नियन्त्रणमा लिईसकेपश्चात सामाग्री फिर्ता गर्ने गरेको र आफु सँगै त्यस्ता सामाग्रीहरु रिजर्भमा नहुदा कहिलेकाही समस्या समेत हुने गरेको प्रहरी प्रमुख मल्ले बताउनुभयो । पछिल्ला दिनहरुमा केही कार्यालयहरुको तर्फवाट त्यस्ता सामाग्रीहरु उपलब्ध हुन थालेकोले आगोलागीका घटना नियन्त्रणका लागि सहयोग हुने अपेक्षा रहेको बताउनुभयो ।

पछिल्ला दिनहरुमा भैरहेको ठूला आगलागीका घटना नियन्त्रणका लागि भने यसले काम गर्दैन । तर घरभित्रका सानो आगलागीका घटना नियन्त्रण गर्न र त्यसवाट हुने ठूलो क्षतिलाई तत्काल नियन्त्रणका लागि भने यो उपयुक्त साधन हो । केही सरकारी कार्यालय तथा होटलहरुमा समेत पछिल्ला दिनहरुमा फायर स्ट्रिङ्गेसर राख्न थालेका छन् ।