नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कुकुर नियन्त्रण गर्ने नगरपालिकाको निर्णय, केही दिन सजग रहन नागरिकहरुलाई अनुरोध

विवेश श्रेष्ठ, बैशाख ६ ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिमा कुकुरले आतंक सृजना गरेपछि नगरपालिकाको पहलमा सर्बपक्षिय बैठकवाट निर्णय गर्दै कुकुर नियन्त्रणका लागि पहल सुरु भएको छ । विहीवार नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङको अध्यक्षतामा सिद्धिचरण नगरपालिकाको कार्यालयमा बसेको बैठकले किसानलाई आतंकित गराउने कुकुरलाई नियन्त्रण गर्ने निर्णय गरेको हो ।

करीब एक महिनाको अबधिमा कुकुरका समूहले ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालीकामा मात्रै ४० भन्दा बढी पशु चौपायालाई आक्रमण गरेका थिए । बारीमा कामगर्दा होस या जंगलमा घाँसदाउराको लागी जाँदा मानिसलाई समेत कुकुरहरुले झम्टीने गरेको स्थानियहरु बताउनछन् । सदरमुकाम बजार आसपासमा मात्रै एक महिनाको अबधिमा ४० भन्दा बढी पशुपंक्षिलाई कुकुरले आक्रमण गरे पछि किसानहरुले जिल्ला समन्वय समिति ओखलढुङ्गा, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा लगायतलाई बोदार्थ दिदै सिद्धिचरण नगरपालीकालाई कुकुर नियन्त्रण र क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।

अघिल्ला वर्षहरुमा कुकुरले केही स्थानमा मात्रै पशुलाई आक्रमण गर्ने गरेको भए पनि यो वर्ष एक महिनाको अवधिमा किसानहरु आतंकीत हुने गरी आक्रमण गर्न थाले पछि नगरपालीकाले नेपाल सरकार मन्त्री परीषदमा २०७३ साल चैत २४ गते स्विकृत पशु निर्देशिका २०७३ अनुसार आबस्यक निर्णय गरेको र कुकुर आतंकलाई प्रहरी प्रशासनको सहयोगमा केही समयमा नियन्त्रण गर्ने सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङ्गले बताउनु भयो ।

चैत एक गते देखी सिद्धिचरण नगरपालिका भित्रका किसान चिनीमाया सुबेदीका २, यम बहादुर बुढाथोकीका २, यज्ञ बहादुर जोगी ३, काजी गिरीका ३, दातेम्वा शेर्पाका ५, हरीबहादुर खत्रीका २, कृष्ण कुमार श्रेष्ठका २, शंकर राजभण्डारीका ८, दिलकुमार बुढाथोकीका २, बिरकाजी राईका २ र लक्ष्मण तामाङका ७ वटा खसी तथा बाख्रा, डल्ली कामी र गोपाल विश्वकर्माका एकएक वटा गाईका बाच्छो, चित्र बहादुर श्रेष्ठ तथा टेक बहादुर खड्काका १३ ओटा टर्की लाई आक्रमण गरेको थियो । कुकुरको आक्रमणमा परेको अधिकांश पशुपंक्षीको मृत्यु समेत भएको छ ।

पशुलाई आक्रमण गर्ने कुकुर छाडा छाडीएका जस्ता देखीने तर जंगली कुकुर भएका कारण कुन स्थानमा बस्छन र कुनबेला घरपालुवा जनावरलाई आक्रमण गर्छन केही थाहा नभएका कारण बिशेष निगरानी गरी आफुहरुलाई खवर गर्न किसानहरुलाई आग्रह गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ओखलढुङ्गा पशु चिकीत्सक डा. हरीकुमार रघु श्रेष्ठले बताउनुभयो । त्यस्ता कुकुरहरुको समूह देखेमा जिल्ला प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०० र नगरपालिकाको पशु सेवा शाखाका फोन नम्बरमा फोन गरि जानकारी गराउन सबै नागरिकहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । साथै बैठकमा यदी कोही कसैले आफ्नो घरको सुरक्षाका लागि कुकुर पालेको भए कुकुरलाइृ छाडा नछाडी व्यवस्थित सग पाल्न र कुकुर आतंकको नियत्रणका लागि पहल समेत भैरहेकोले त्यस अबधि सम्म कुकुरहरुवाट आफ्नो पशु चौपाया र साना नानीहरु हिडडुल गर्दा विशेष शतर्कता अपनाउन आग्रह गर्ने समेत बैठकले निर्णय गरेको छ ।

करीब एकमहिना देखी जिल्ला सदरमुकाम आसपासका बस्तीहरुमा कुकुरको समूहले खसी, बाख्रा, टर्की, वाछालाई टोक्न थालेपछि किसानहरु आतंकीत भएको र स्थानीय तह चुपचाप बसेको समाचारहरु स्थानीय सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएका थिए ।