नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गाको निशंखेमा आगलागी, १ घर सगै आठ चौपाया जले

ओखलढुङ्गान्युज, बैशाख ३, निशंखे । ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ निशंखेमा फेरी आगलागी भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. २ साविकको ठूलाछाप गाविसको निशंखेमा शोमवार बेलुकी एक घरमा आगलागि भएको हो ।

स्थानीय तिलक कार्कीको घरमा आगलागी हुदा घरमा रहेका सामान सगै आठओटा चौपायाको समेत जलेर मृत्यु भएको छ । कार्कीको घरमा शोमबार बेलुका अन्दाजी राती साढे ७ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

आगलागी हुनसाथ निशंखेको प्रहरी चौकीको टोली र स्थानीयवासीको पहलमा आगलागीलाई नियन्त्रणमा लिईएको थियो । आगोलाई नियन्त्रणमा लिई अन्य घरमा समेत क्षति पुग्नवाट रोकिएपनि घरभित्रको सामान चाही जोगाउन नसकिएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गरिए पनि खरको छानो र पानीको अभावका कारण घरभित्र रहेका खाद्यान्न, धनमाल केही जोगाउन नसकिएको बताईएको छ ।

घरमा रहेका आठओटा बाख्रा पनि मरेका छन् । आगलागीबाट अन्दाजी ५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ । आगो लाग्नुको कारणका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।