नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

यू–१९ विश्वकप छनौट ः मलेसिया विरुद्ध नेपाल आठ विकेटले विजयी

ओखलढुङ्गान्युज, बैशाख २ काठमाण्डौ । यू–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेश्रो खेलमा नेपाल विजयी भएको छ । विश्वकपका लागि भैरहेको एशियन छनौट प्रतियोगिता अन्तर्गत शोमबार भएको मलेसिया विरुद्धको आफ्नो तेश्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको हो ।

निर्धारित ५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर जम्मा १३ ओभरमा नै विजयी लक्ष्य भेट्टाएको हो । नेपालले जितको लागि मलेसियाले दिएको ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाउन सफल भएको थियो । नेपाललाई विजयी गराउने क्रममा नटआउट रित गौतमले ३९ र रोहित पौडेलले ६ रनको योगदान दिए ।

पौडेलले पहिलो बलमा छक्का हानेका हुन् । त्यस्तै पवन सराफले १९ रन र आसिफ शेख २६ रन बनाएर आउट भएका थिए । मलेसियालाई सस्तै रनमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिएका थिए ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भिषण बर्षातको शिकार बन्न पुगेको थियो । वर्षातका कारण छोट्याईएको खेलमा युएईसँग नेपाली टिम १ रनले पराजित भएको थियो । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग भने वर्षाले डिएलको सिकार भएको थियो ।