नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

महोत्सवको अवसरमा ओखलढुंगामा निशुल्क स्वास्थ्य शिबिर

ओखलढुंगान्युज, बैशाख १ ओखलढुंगा । प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवको अवसरमा महोत्सव स्थलमा शनिबार देखि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्वास्थ्य शिबिरमा मुख तथा दाँतको निशुल्क जाँच तथा शल्यक्रिया सँगै हाडजोर्नी र स्त्रीरोग सम्बन्धि स्वास्थ्य परीक्षण हुने आयोजक संस्था लायन्स क्लब अफ काठमाण्डौ ओखलढुंगाका अध्यक्ष बालकृष्ण दाहालले जानकारी दिनुभयो।

सञ्चालन भैरहेको स्वास्थ्य शिविरको तालिका अनुसार हरेक दिन साधारण चिकित्सा सेवा, शनिबार र आईतवार दाँत परिक्षण तथा उपचार हुनेछ । त्यसैगरि बैशाख ३ र ४ गते हाडजोर्नी सम्बन्धी उपचार, बैशाख ५ गते रक्तदान र बैशाख ९ र १० गते स्त्रीरोग सम्बन्धी उपचार हुने बताइएको छ ।

शिविर सञ्चालनको पहिलो दिन शनिवार १०३ जनाले सेवा लिएको लायन्स क्लब अफ काठमाण्डौ ओखलढुंगाका अध्यक्ष दाहालले जानकारी दिनुभयो । ओखलढुंगा उद्योग बाणिज्य संघ र लायन्स क्लब अफ काठमाण्डौंको संयुक्त आयोजनामा शिविर सञ्चालन भैरहेको छ ।

स्वास्थ्य शिविरमा महोत्सव अवधीभर हरेक दिन ओम समाज डेन्टल अस्पताल चावहिल काठमाण्डौंका रोग विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा दिइने छ । आयोजकले शिविरबाट सेवा लिन सबै जिल्ला तथा छिमेकी जिल्लाबासीलाई आग्रह गरेको छ ।