नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गामा प्रथम राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव हुदै

विवेश श्रेष्ठ, चैत ३० ओखलढुङ्गा । ओखलढुङ्गामा आजवाट प्रथम ओखलढुङ्गामा प्रथम राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव हुदैछ । महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अहिले ओखलढुङ्गाको सदरमुकाममा अवस्थित कार्यक्रम हुने स्थल सगरमाथा जनता माद्यमीक विद्यालयको खेलमैदानलाई झकिझकाउ बनाईएको छ । कार्यक्रम स्थलमा स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादन भएका विभिन्न उत्पादन सामाग्रीहरुको १ सय ५० भन्दा बढि स्टल निर्माण गरि प्रदर्शनमा राखिएको छ ।

नेपालका उत्पादित औद्योगिक वस्तुहरुको प्रदर्शन तथा विक्रि वितरण समेत महोत्सबमा हुने उद्योग वाणिज्य संघ ओखलढुङ्गाका कार्यालय सचिव नवराज दाहालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी भएर विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनका साथै उपभोक्ताहरुले औद्योगिक सामाग्रीको अवलोकन तथा खरिद समेत गर्न सक्नेछन् ।

ओखलढुङ्गामा विभिन्न पक्षवाट लगानीको अवसर सृजना गर्ने, विकास एवम् व्यापारका सम्भावनाहरुको बारेमा प्रचार प्रसार गर्ने, ऐतिहासिक धार्मिक तथा सांस्कृतिक स्थलहरुको पहिचान, संरक्षण एवम् प्रचारप्रसारमा सहयोग पुर्याउने महोत्सबको उद्देश्य रहेको छ ।

त्यस्तै जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचारप्रसार गर्ने र बजारीकरणमा प्रबर्धन गर्ने, स्थानीय उद्यमी, व्यबसायी र उपभोक्तालाई एकै स्थानमा सहभागी गराएर व्यबसाय प्रबद्र्धनमा योगदान पुर्याउने तथा जिल्लाको पर्यटन विकासमा योगदान पुर्याउने समेत महोत्सवले उद्देश्य राखेको आयोजकले जनाएको छ ।

महोत्सव चैत ३०, २०७५ देखी वैशाख १०, २०७६ सम्म अर्थात ११ दिन सम्म सञ्चालन हुनेछ । कार्यक्रमको अबधिभर कार्यक्रम स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल सगै चर्चित जिल्लाका र राष्ट्रिय स्तरका दैनिक रुपमा फरक फरक कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । त्यस्तै महोत्सव अबधिभर २ करोड भन्दा बढिको आर्थिक कारोबार र २ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

कार्यक्रममा कुनैपनि अप्रिय घटना नघटोस भनि महोत्सवलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । महोत्सबका लागि आईपुग्नुहुने विशिष्ट व्यक्तिहरुका लागि छुट्टै सुरक्षा टोली खटिएको छ । महोत्सव र महोत्सवमा आउनेहरुका लागि भनि सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरीहरुलाई समेत खटाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।