नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाईते

ओखलढुङ्गान्युज, चैत २९ नर्मदेश्वर । माटोको ढिस्कोले पुरिदा नर्मदेश्वरमा विहविार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं. ४, यसमका प्रेम बहादुर लुंगेलीमगरकी श्रीमती वर्ष ५५ की सेती माया मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त घटनामा परि अन्य दुईजना पनि घाईते भएका छन् । घाईते हुनेमा मृतककी छोरी वर्ष १८ की विष्णुमाया मगर र छिमेकी वर्ष ३२ की गोमा मगर रहेकी छिन् । घाईते विष्णुको अबस्था गम्भिर रहेकोले उनको थप उपचारका लागि काठमाण्डौ पठाईएको छ । त्यस्तै अर्का घाईते गोमाको अवस्था भने सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरको डुडेगैरा भन्ने स्थानमा घर पोत्ने रातोमाटो खन्ने क्रममा माटोको ढिस्को भत्किएर उनीहरुलाई पुरेको थियो ।