नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

देम्बा महोत्सवको सम्पूर्ण तयारी पुरा

ओखलढुङ्गान्युज, चैत २१, खिजिफलाटे । २२ गते देखी हुने दोस्रो थोलेदेम्बा महोत्सवको तयारी पुरा भएको छ । ‘दिगो विकास र पर्यटन प्रवद्र्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मुल नाराका साथ यहि चैत्र २२ र २३ गते ओखलढुङ्गा जिल्लाको सबैभन्दा अग्लो डाँडा थोलेदेम्बामा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

दिगो विकाससँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष देखि थोलेदेम्बा महोत्सव हुँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यसवर्ष हुने महोत्सवको सबै तयारी पुरा भएको आयोजक पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितिका महासचिव संयोजक पूर्णप्रसाद न्यौपानेले जानकारी दिए । महोत्सबको तयारी सकिएसगै कार्यक्रम स्थलमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन सुरु भएको छ ।

विगतको उपलब्धि समिक्षा गर्दै भावी योजना निर्माण गर्नेगरि महोत्सव आयोजना गरिएको न्यौपानेले बताए । ‘थोलेदेम्बा महोत्सव गत विगतको भन्दा अझ भव्य र प्रभावकारी बनाउने योजना छ ।’ महोत्सवको प्रचारप्रसार संयोजक समेत रहेका न्यौपानेले भने,‘सबै तयारी पुरा भईसकेको छ । सबैको ध्यान चैत्र २२ र २३ गते थोलेदेम्बा महोत्सवमा केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धनको यस अभियानमा स्थानीयहरु जुट्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई, संघिय सांसद यज्ञराज सुनुवार, प्रदेश सांसद अम्बिरबाबु गुरुङ, मोहन कुमार खड्का खड्का ‘हिमशिखर’, पूर्व सभाषद् रामहरि खतिवडा सहित सत्तापक्ष एवम् प्रतिपक्षदलका शिर्ष नेताहरुले महोत्सवलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सहित विभिन्न देशका पर्यटन विज्ञ समेत महोत्सवमा आउने भएका छन् । विज्ञहरु ल्याएर दुर्गम पहाडी जिल्लाको पर्यटकिय क्षेत्रको विकासका सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया समेत गराईने संस्थाका अध्यक्ष डेण्डी शेर्पाले बताउनुभयो । उहाँका अनुसार दोस्रो थोलेदेम्बा महोत्सवलाई अन्तराष्ट्रिय अनुभवका आधारमा सञ्चालन गरिने छ ।

२०७४ बैशाख १ गते नयाँवर्षको दिन पारेर पहिलो थोलेदेम्बा महोत्सव भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गर्दै थोलेदेम्बाको विकासको जिम्मा राज्यले लिनुपर्ने सुझाव दिनुभएको थियो । प्रचारप्रसारको अभावमा ओझेलमा परेको थोलेदेम्बा क्षेत्रमा पहिलो महोत्सवपछि विकासले प्राथमिकता पाएको छ ।

ओखलढुङ्गा जिल्लाकै उच्च भागमा रहेको देम्बा डाँडाको उचाई एक ३ हजार ३ सय ५० मिटर छ । देम्बाबाट दर्जनौं हिमसृङखला सहितका मनोरम रमणीय दृष्यको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकामवाट करीब १८ कोष टाढा रहेको खिजिदेम्बा गाउँपालिकाको देम्बा डाडाँमा पुग्न सडक सञ्जाल नजिकै पुगेको कारण पर्यटक तथा यात्रुहरुलाई थप सहज हुनेछ ।

दोस्रो देम्बा महोत्सवको उद्घाटन थोलेदेम्बा डाँडामा र समापन खिजीफलाटे बजारमा हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय ब्राम्हण, तामाङ, शेर्पा, गुरुङ, सुनुवार सहितका जातीय समुदायको झाँकी  र ख्यातीप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

देम्बामा यी कुराको अबलोकन समेत गर्न पाईन्छ ः