नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सुनकोशीको मुलखर्कमा स्वास्थ्य शिबिर, ३ सय लाभान्वित

ओखलढुङ्गज्युज, चैत १८ मुलखर्क । सुनकोशी गाउँपालिकाको मूलखर्कमा आँखा तथा दन्त सम्बन्धि एकदिने स्वास्थ्य सिविर सम्पन्न भएको छ । आँखा तथा दन्त सिविरवाट करीब ३ सय अर्थात २ सय ९९ सय जना लाभान्वित भएका छन् ।

सुनकोसी गाउँपालीका पाँच नम्बर वडा कार्यालय र सामुदायीक आखाँ केन्द्र मुलखर्कको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी ओखलढुंगा, तिलगंगा आखाँ अस्पताल काठमाण्डौं र ओखलढुंगा डेन्टल केयरको सहयोगमा शिबिर संचालन गरिएको हो । शिबिरबाट साविकको मूलखर्क गाविसका २ सय ९९ सय जनाले सेवा लिएका छन् ।

शिबिरमा ५९ जनाले दातको उपचार र दूईसय चालिस जना बिरामिले आँखाको उपचार तथा चेक जाँच गरेका छन् । शिबिरमा उपचारमा आएका १३ जना जेष्ठ नागरीकहरुलाई वडा कार्यलयको तर्फवाट चस्मा बितरण गरिएको छ । त्यस्तै २१ जना सेवाग्राहीलाई आयोजकले चस्मा बितरण गरेको छ ।

आखाँ शिबिर बाट २९ जना बृद्ध बृद्धा लाई मोतियाबिन्दु भएको पाईएको आयोजकले जनाएको छ । सुनकोशी गाउँपालीका ५ नम्बर वडा भित्रका मोति बिन्दु भएको बिरामीहरुलाई जिल्लामा चैत्र २५ र २६ गते हुने आखा शिबीरमा आवत जावत गर्ने सवारी साधनको ब्यबस्था वडा कार्यालयले गर्ने वडाध्यक्ष गोबिन्द राम तामाङले जानकारी दिनुभयो ।