नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

वालमन्दिरलाई अरिदमनको शौचालय सहयोग

ओखलढुङ्गान्युज, चैत ११ ओखलढुङ्गा । नेपाली सेनाको अरिदमन गणले ओखलढुङ्गाको एक विद्यालयलाई शौचालय भवन सहयोग गरेको छ । ओखलढुङ्गामा रहेको नेपाली सेनाको अरिदमन गणले आफ्नै सबै खर्चवाट जिल्ला सदरमुकाममा अवस्थित बालमन्दिर आधारभूत विद्यालयमा दुईकोठे शौचालयको निर्माण गरि हस्तान्तरण गरेको हो ।

गत शुक्रबार अर्थात चैत ८ गते विद्यालयको प्राङ्गणमा नै एक कार्यक्रमको आयोजना विद्यालयलाई हस्तान्तरण गरेको हो । पूर्वि पृतना हेडक्वाटर अन्तर्गत अरिदमन गणलाई सैनिक नागरिक सुदृढिकरण कार्यक्रम अन्तर्गत प्राप्त भएको बजेटवाट गणको जनशक्ति प्रयोग गरि दुई कोठे शौचालयको निर्माण गरिएको गणले जनाएको छ ।

कार्यक्रम अन्तर्गत नै विद्यालयका लागि १० सेट डेस्कबेञ्च पनि गणले विद्यालयलाई हस्तान्तरण गरेको छ । ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने र गणका प्रमुख सेनानी राजेश खकुरेलले सामाग्री तथा शौचालय भवन विद्यालयका प्रधानाध्यापक शोभा शैजुलाई हस्तान्तरण गर्नुभएको हो । 

शौचालय भवन तथा डेस्क बेञ्च हस्तान्तरण कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, प्रमुख सेनानी राजेश खकुरेल लगायतले सम्बोधन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा सहयोगीहरुलाई धन्यवाद दिदै विद्यालयका प्रधानाध्यापक शैजुले आगामाी दिनहरुमा पनि विद्यालयका लागि नेपाली सेनाको तर्फवाट अझै थप सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।

स्थानीय नागरिकहरुले भने नेपाली सेनका तर्फवाट भएको यस्तो समन्वय र सहकार्यको काम सम्मान योग्य रहेको बताएका छन् । कार्यक्रममा सहभागी भएका केहीले भने नेपाली सेनाले नागरिकहरुसगँको समन्वयलाई विस्तार गर्नका लागि यस्ता कार्यक्रमहरु जिल्ला सदरमुकाम बाहिर तर्फपनि जानुपर्ने बताए ।