नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

साफ महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपाल तीनशून्यले विजयी

ओखलढुङ्गान्युज, चैत्र २ विराटनगर ।  साफ महिला च्याम्पियनसिपको आफ्नो दोश्रो खेलमा नेपाल विजयी भएको छ । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत  शनिवार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराउदै दोश्रो जित निकालेको हो ।

खेल सुरुभएको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाती गोल गरेपछि नेपालका अग्रता सुरु भएको थियो ।  नेपालकी खेलाडी मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोल भएपछि नेपाललाई १ शून्यको अग्रता मिलेको हो ।

त्यस पश्चात खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भएको थियो । नेपालकी हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भएको हो ।

त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेको गोलले नेपाललाई पहिलो हाफमा बंगलादेश विरुद्ध तीन–शून्यको अग्रता मिलेको थिया । पहिलो हाफ पश्चात पनि दोश्रो हाफमा नेपालले गोल गर्ने थुप्रै महत्वपूर्ण अबसर पाएपनि थप गोल गर्न सकेन । थप गोल गर्न नसक्दा आजको खेलमा नेपालले ३–० मा नै चित्त बुझाएको हो ।