नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

माल्दिभ्स विरुद्ध भारतको सानदार जित

ओखलढुङ्गान्युज, फागुन २९ विराटनगर । बुधवार भएको सार्क राष्ट्र स्तरिय महिला फुटवल च्याम्पियनसिपमा भारतले आफ्नो विजयी यात्रालाई सानदार रुपमा सुरुवात गरेको छ । बुधबारको खेलमा भारते तुलनात्मक रुपमा कमजोर रहेको माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको छ ।

समूह बी अन्तर्गत विराटनगरको सहिद रंगशालामा भएको खेलमा भारतले सहज जित निकालेको हो । भारतका सामु निरीह जस्तै देखिएको माल्दिभ्स आफ्नो पुरै समय रक्षात्मक देखिएको थियो । भारतले पहिलो हाफमा नै ५ गोल गर्दा माल्दिभ्स रक्षात्मक हुन बाध्य भएको थियो ।

खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइले अग्रता बनाएकी थिइन्  । त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोली भा।तका लागि दोस्रो गोल गरिन् । २३औं मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्यूरी समयमा रतनबाला देवीले फ्रिकिकमार्फत भारतका लागि पाँचौं गोल गरेकी थिईन ।

पहिलो हाफमा राखेको दबदबालाई भारतले दोश्रो हाफमा भने कायम गर्न सकेन । दोश्रो हाफमा भारतले थप एकगोल मात्रै गर्न सक्यो । त्यो पनि अन्तिम मिनेटमा मात्रै । अन्तिम मिनेटमा भारतका सञ्जुले  झण्डै ३० यार्डबाट गरेको सशक्त प्रहार गोल भएपछि भारतले ६–० को अग्रता बनायो । आजको खेलमा सञ्जुले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् ।

यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबमा राखेको थियो । महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । एकपटक २०१६ मा सेमिफाइनलमा पुग्नु भन्दा बाहेक अरु खेलमा माल्दिभ्स समूह चरणमा नै रोकिँदै आएको छ । भारत भने सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा यसअघिका चारै संस्करणको विजेता हो ।

मंगलबार भएको उदघाटन खेलमा समूह ए बाट नेपालले भुटानलाई ३–० गोलले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबार समूह ए मा रहेका बंगलादेश र भुटानबीच खेल हुनेछ ।