नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

मल्टिपल वर्ल्ड रेकर्ड होल्डर पार्करका सुनार र अन्तराष्ट्रिय पदक विजेता मुवाथाईका रुचाल सम्मानित

ओखलढुङ्गान्युज, फागुन २० काठमाण्डौं । भक्तपुरको युरो किड्स स्कुलले  खेलाडीद्वय दिनेस सुनार र गुणराज रुचाललाई मंगलवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । एपिएफ क्लबका सुनार पार्कर खेलका मल्टिपल वर्ल्ड रेकर्ड होल्डर र त्रिभुवन आर्मी क्लबका रुचाल मुवाथाईका अन्तराष्ट्रिय पदक विजेता हुन् ।

सशस्त्र प्रहरी बलमा कार्यरत सुनार ए.पि.एफ. क्लबका  पार्कर खेलका मल्टिपल वर्ल्ड रेकर्ड होल्डर हुन । उनले दुइपटक विश्वरेकर्ड राखेर गिनिज बुक अफ द वर्ल्डमा आफ्नो नाम लेखाईसकेका छन् । अनी अझै फेरी तेस्रो रेकर्ड राखेर गिनिज बुकमा ह्याट्रिक गर्ने तयारिमा छन् ।

त्यसैगरि त्रिभुवन आर्मी क्लबका गुणराज रुचाल मुवाथाई खेलका अन्तराष्ट्रिय पदक बिजेता हुन । रुचाल नेपाल राष्ट्रिय मुवाथाइ संघ बाट सन् २०१६ र २०१८ का प्लेयर अफ द एयर अर्थात वर्षका खेलाडी हुन ।

दुई खेलाडीलाई आ–आफ्नो खेल विधामा राम्रो गर्दै अन्तराष्ट्रिय स्तरमा नाम दर्ज गराउन सफल भएको कारण सम्मान गरिएको विद्यालयका प्रिन्सिपल ज्योती क्षेत्रीले बताउनुभयो । खेलाडीहरुलाई सम्मान गर्दै आफ्नो विद्यालयवाट उत्पादनहुने छात्रछात्राहरुलाई पनि खेलप्रती जागरुक भएर लाग्न प्रेरणा मिल्ने समेत प्रिन्सिपल क्षेत्रीले बताउनुभयो ।

पार्कर खेलका मल्टिपल वर्ल्ड रेकर्ड होल्डर सुनार र अन्तराष्ट्रिय पदक विजेता रुचाललाई प्रिन्सिपल ज्योती क्षेत्री र अध्यक्ष सुनेत्र प्रधानाङ्गले सम्मानित गर्नुभएको थियो । सम्मान कार्यक्रममा पार्कर खेलका खेलाडी सुनारले पार्कर खेल शो प्रदर्शन गरेका सहभागीलाई मनोरञ्जन समेत प्रदान गरेका थिए ।