नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन ः ओखलढुङ्गा बन्यो स्तब्ध

विवेश श्रेष्ठ, फागुन ७ ओखलढुङ्गा । ओखलढुङ्गाको गहना बारा जिल्लाका प्रमुख जिल्ला अधिरकारी गणेश प्रसाद भट्टराईको मंगलवार निधन भएको छ । भट्टराईको निधनको खबरले अहिले ओखलढुङ्गाबासी शोकमग्न बनेका छन् । भट्टराईको जन्मथलो गाम्नाङटार मात्रै हैन जिल्ला नै अहिले स्तब्घ बनेको छ ।

गत माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराको आयोजनामा भएको बनभोज कार्यक्रमवाट फर्कने क्रममा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराई गम्भिर घाईते हनभएको थियो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

बनभोजकार्यक्रमबाट फर्कने क्रममा भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँएको थियो । प्रमुख जिल्ला अधिकारी र सशस्त्रका एसपी चढेको उक्त स्कार्पियो दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा बनभोज कार्यक्रमको आयोजना गरेको थियो । वनभोज कार्यक्रमबाट फर्किएको स्कार्पियो पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन पश्चात हाल ओखलढुङ्गा पुरै स्तब्ध भएको छ । भट्टराईलाई चिन्ने स्थानीय सामान्य नागरिक देखी कर्मचारी प्रशासन, पत्रकार एबम् राजनितिक दलका विशिष्ट ब्यक्तित्वहरुले समेत सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै श्रद्धाञ्जली दिईरहेका छन् । स्वर्गीय भट्टराई ओखलढुङ्गा जिल्लाले जन्माएको, नागरिकहरुको मनमनमा बस्न सफल एक कुशल प्रशासक हुन् ।