नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाको मोबाईल बजारमा सामसुङको एम टेन मोबाईल

ओखलढुङ्गान्युज, फागुन ७ ओखलढुङ्गा । सामसुङ मोवाईल कम्पन्नीको नयाँ मोडल एम टेन ब्राण्डको मोवाईल ओखलढुङ्गामा सार्वजनिक गरिएको छ । ओखलढुङ्गाका लागि आधिकारिक विक्रेता नियुक्ती ईलेक्ट्रोनिक्स सेन्टरले केही दिन अगाडी एक कार्यक्रमको आयोजना गरि सामसुङको नयाँ मोडल एम टेन ब्राण्डको मोवाईल सार्वजनिक गरेको हो ।

मोवाईलको प्रतिष्पर्धी बजारमा सामसुङले आफ्नो नयाँ मोडेलको मोवाईल ओखलढुङ्गामा पनि सार्बजनिक गरिएको हो । अन्य सामसुङ मोवाईलका व्राण्ड भन्दा सार्वजनिक गरिएको नयाँ एम टेन मोवाईल फोन सस्तो र गुणस्तरिय भएको नियुक्ती ईलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक युपेस श्रेष्ठले बताए ।

सामसुङको नयाँ मोडल एम टेन ब्राण्डको मोवाईलको वजार मूल्य १३ हजार ७ सय ९० रुपैया तोकिएको छ । ओखलढुङ्गामा लामो समयदेखी नियुक्ती ईलेक्ट्रोनिक्स सेन्टरले सामसुङ कम्पन्नीको मोवाईल आधिकारिक रुपमा बिक्री गर्दै आएको छ । २०१८ मा कोरियामा भएको सामसुङ मोबाईलको डिलरमिटमा नेपाल भरिका सामसुङ मोबाईलको डिलरहरु मध्येवाट २०१७ को हाईगेष्ट एचिभमेन्ट अवार्ड समेत नियुक्ति ईलेक्ट्रोनिक्स सेन्टर ओखलढुङ्गाले प्राप्त गर्न सफल भएको छ ।

हाल ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका लागी आधिकारीक बिक्रेता नियुक्ती ईलेक्ट्रोनिक्स सेन्टरले बाजारको माग अनुसारका सामसुङका मोवाईल सेटहरु बजारमा ल्याउने गरेको छ ।