नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

भिजनले मनायो दोश्रो वार्षिकोत्सव

ओखलढुङ्गान्युज, फागुन ३, ओखलढुङ्गा । भिजन नेपालद्वारा ओखलढुङ्गामा सञ्चालित भिजन एफ एम ९०.५ मेगाहर्जले आफ्नो दोश्रो वार्षिकोत्सव मनाएको छ । रेडियो प्रसारणको नियमित शुभारम्भ भएको दिन पारेर प्रत्येक वर्ष भिजनले फागुन दुई गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

एफएमले सिद्धिचरण नगपालिका वडा नं. १२ मा प्रसारण कार्यालय मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ भने त्यसलाई ठाडेका रिपिटर टावर मार्फत अपलिंक गर्दै आएको छ । वार्षिकोत्सव मनाउदै गर्दा रेडियोको प्रसारण क्षमतालाई थप प्रभाकारी वनाउनका लागि सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीको ठाडेमा रिपिटर टावर रहेको स्थानमा भवन निर्माणका लागि भवनको सिलान्यास समेत गरेको छ । भवन निर्माणका लागि संघिय प्रतिनिधीसभाका माननिनय सांसद यज्ञराज सुनुवारले भवन निर्माणको सिलान्यास गरेका हुन् । 

दोश्रो वार्षिकोत्सबको अवसरमा केक काटिसके पश्चात सम्बोधन गर्दै सांसद सुनुवारले रेडियोको स्थापना सगै ओखलढुङ्गा लगायत बाहिरी जिल्लाहरुमा पनि भिजन एफएम नागरिकको मनमनमा वस्न सफल भएकोमा धन्यवाद दिदै थप प्रगतीको लागि शुभकामना व्यक्त गर्नुभयो । रेडियो स्थानीय नागरिकको मनमनमा पनि वस्न सफल भएको र आगामी दिनहरुमा रिपिटर टावर रहेको स्थान ठाडेमा पर्यटन विकास र सम्भावनाका बारेमा अझ नागरिकहरुको आवाजलाई बुलन्द वनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरि ओखलढुङ्गाको मिडियाको विकासका लागि आफुहरुले पहल गरिरहेको पनि बताउनुभयो ।

त्यस्तै प्रदेश नं. १ ओखलढुङ्गा क का माननिय सांसद अमिरबाबु गुरुङ्गले हाल सम्म नागरिकहरुको मन जित्दै भिजन एफएम अघि बढेको आगामी दिनहरुमा पनि थप प्रगतीको लागि शुभकामना दिनुभयो । जिल्लामा रहेको केही सञ्चार माध्यम र पत्रकारहरुले आफ्नो बारेमा कुप्रचार गरेको भन्दै आफुले समाचारमा आए जस्तो कुनै काम गरेको र कुनैपनि भ्रष्टाचारजन्य गतिविधि गरेको प्रमाणित भएमा तत्काल राजिनामा दिन तयार रहेको बताउनुभयो ।

आफ्नो बदनाम गर्न केही मिडियाकर्मी लागि परेको भन्दै तत्काल गल्तीलाई स्वीकार गरि खण्डन गरेको समाचार नआएसम्म आफुले जुनसुकै सार्बजनिक कार्यक्रममा पनि त्यसको घोरभत्र्सना गर्ने बताउदै पुरस्कृत हुने गरि समाचार सम्प्रेषण गर्न पनि सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्नुभयो । बारेमा भन्न नछाड्ने बताउदै त्यस्ता पत्रकारहरुलाई आफुले त्यसै नछाड्ने पनि बताउनुभयो ।

भिजनको दोश्रो बार्षिकोत्सव उद्घाटन कार्यक्रममा पुगेका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, रेडक्रसका ओखलढुङ्गा सभापती सुमन राजभण्डारी, कान्तिपुर दैनिकका उपसम्पादका कुम्भराज राई लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा ग्रेस एकेडेमी बोर्डिङस्कूल ठाडेका साना नानीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।