नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विरेन्द्र ग्याबाको ‘ससुराली’ सार्वजनिक

ओखलढुङ्गान्युज, फागुन २, काडमाण्डौं । ओखलढुङ्गेली नवकलाकार विरेन्द्र ग्याबा तामाङको ससुरालीको भिडियो सार्बजनिक भएको छ । तामाङको कमेडी गित ससुरालीको औपचारिक रुपमा ओडिआरको युट्युव च्यानलवाट सार्बजनिक भएको हो । सार्वजनिक भएको गितमा शब्द, संगीत र निर्देशन कुमार चेम्जोङले गरेका छन् । त्यसैगरि अभिनय भने विरेन्द्र तामाङ, बर्षा थिङ र सन्दिप चेमजोङको रहेको छ । 

बाबा सम्बर बहादुर तामाङ आमा कुमारी तामाङका जेठा छोरा हुन तामाङ । तामाङको स्थायी घर ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ५ मा पर्छ । कलाकार एवम् गाएक तामाङ पहिला रेडियोकर्मी पनि हुन् । अहिले नेपाल सरकारको मातहतमा रहेको एक कृषि कार्यालयमा स्थायी कर्मचारीको रुपमा कार्यरत छन् । स्थाई सरकारी जागिरे भएपनि तामाङले आफ्नो कला र गलालाई मर्न दिएका छैनन् । साना ठुला तालिम, गोष्ठि होस वा अन्य कुनै कार्यक्रम । सहभागीहरुलाई आफ्नो प्रस्तुती मार्फत हसाउन भ्याइ हाल्छन् । क्यारिकेचर गर्ने उनको अर्को कला हो ।

ठट्यौलो गित ससुरालीको अडियो केही महिना अगाडी नै सार्वजनिक भएको भएपनि भिडियो बनेपश्चात भने औपचारिक रुपमा बुधबार नै सार्बजनिक भएको हो । उनको अर्को डट्यौलो गित स्वास्नी पिडितको भिडियो सहितको गित पनि युट्युव मार्फत नै सार्बजनिक हुने क्रममा रहेको छ । त्यसको पनि छायांकन चाही सकिएको र केही ईडिटको काम मात्रै बाकी रहेको तामाङले जानकारी दिए ।