नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जातियताको आधारमा कुनै छुवाछुत भएमा उजुरी गर्नुस ः प्रजिअ न्यौपाने

ओखलढुङ्गान्युज, माघ १६ ओखलढुङ्गा ।  जिल्लामा कुनैपनि किसिमको छुवाछुतको घटना भएमा तत्काल उजुरी गर्न प्रमुख जिल्ला अधिकार मुनका न्यौपानेले अनुरोध गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ को आयोजनामा आज ओखलढुङ्गामा सचेतना मूलक कार्यक्रममा सम्बोधन गर्दै प्रजिअ न्यौपानेले यस्तो बताउनुभएको हो छ ।

प्रजिअ न्यौपानेले जातिय भेदभाव र छुवाछुतको आधारमा हुने कुनैपनि भेदभावहरु कानून अनुसार दण्डनीय हुने भएकोले कुनैपनि त्यस्ता घटना भएमा ९० दिन भित्र उजुरी गर्न आग्रह गर्नुभएको हो । मानिसको मृत्यु भैसके पश्चातपनि दाहसंस्कार नभएसम्म लासको पनि अधिकार हुने बताउदै झनै जिउदैमा त कानून भन्दा माथि कोही नहुने भएकोले त्यसको सबैले सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभयो । जातिय छुवाछुतका विरुद्धमा जिल्ला समन्वय समितिको विशेष पहलमा चेतना मुलक कार्यक्रम थप सञ्चालन गर्नुपर्ने पनि प्रजिअ न्यौपानेले बताउनुभयो ।

त्यस्तै उच्च सरकारी वकिल कार्यालयका अधिवक्ता सृजना घिमिरेले हाल सम्म ओखलढुङ्गामा जातिय छुवाछुतका विरुद्धमा २१ ओटा उजुरी प्राप्त भएको जानकारी पाएको बताउनुभयो । समाजमा केही जातिय विभेद हुनसक्ने बताउदै ओखलढुङ्गामा हालसम्म बाहिर चाही नआएको बताउनुभयो । उजुरीको संख्या ओखलढुङ्गामा थोरै नै देखिएको भएपनि आगामी दिनहरुमा त्यो संख्यालाई पनि न्यून बनाउने गरि सबैजना लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

जातिय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार तथा सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सम्बन्धि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय खोटाङले सचेतना मूलक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय खोटाङको तर्फवाट जातिय छुवाछुत विरुद्धको अधिकार तथा सामाजिक आर्थिक र सांस्कृतिक अधिकारको अबस्थाका बारेमा जानकारी गराईएको थियो ।