नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच

ओखलढुङ्गान्युज, माघ १५ओखलढुङ्गा । नेपाल प्रहरी र सामुदायीक आँखा अस्पताल ओखलढुङ्गाको सक्रियतामा ओखलढुङ्गामा सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको छ । बाहिरवाट ओखलढुङ्गा भित्रिने र ओखलढुङ्गावाट बाहिरीने सवारी साधनका ९८ जना सवारी चालकको शोमबार निःशुल्क स्वास्थ्य जाँच  गरिएको हो ।

निशुल्क स्वास्थ्य जाँच कार्यक्रममा ओखलढुङ्गामा सञ्चालनमा रहेका साना तथा ठुला सार्वजानिक सवारीका चालकहरुको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएका ९८ मध्ये २८ जनामा उच्च रक्तचाप र ६ जनामा आँखाको समस्या भेटिएको सामुदायीक आँखा अस्पताल ओखलढुङ्गाले जनाएको छ । समस्या देखिएका सवारी चालकहरुलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको अस्थाई ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज पदम भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा सिद्धिचरण नगरपालिका र ओखलढुंगा सामुदायिक आँखा केन्द्रको सहयोगमा सवारी चालकहरुका लागि एक दिने निशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो । सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकहरुको स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको ओखलढुङ्गा प्रहरी प्रमुख पुष्पराज मल्लले बताउनुभयो ।

स्वास्थ्य जाँच कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले चालक तथा यात्रुहरुका लागि महत्वपुर्ण कार्यक्रमको आयोजना भएको बताउनुयो । हेर्दा समान्य जस्तो देखिएपनि सवारी चालकहरुले हजारौंको ज्यानलाई एउटा सवारी साधन मार्फत सुरक्षित गन्तव्य सम्म पु¥याउनका लागि आफु स्वस्थ हुनु अति महत्वपूर्ण हुने भएकोले आफ्ना शारिरीक समस्याको बारेमा बेलैमा थाहा पाए औषधोपचार गर्न समेत सजिलो हुने बताउनुभयो । त्यसमा पनि सवारी चालहकरुको दृष्टिमा कुनै सम्सया सृजना भए ठुलो दुर्घटना समेत हुन सक्ने भएकोले त्यसवाट सजग गराउन स्वास्थ्य जाँचको आयोजना गरिएको पनि बताउनुभयो ।

एक दिनका लागि आयोजना गरिएको स्वास्थ्य जाँच कार्यक्रममा सवारी चालकको निःशुल्क आँखा र प्रेसर जाँच गरिएको छ । कार्यक्रम शोमवार विहान ८ बजेदेखी अपरान्ह ५ बजे सम्म सञ्चालन गरिएको थियो ।