नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अन्तर वडा स्तरिय भलिवलको उपाधी चम्पादेवीलाई

विवेश श्रेष्ठ, पुष १४ ओखलढुङ्गा गत शोमवारदेखी सञ्चालन भैरहेको अन्तर वडा स्तरीय खुला भलिवल प्रतियोगीताको उपाधी चम्पादेवी गाउँपालिकाले आफ्नो पोल्टामा पारेको चम्पादेवी गाउँपालिका वडा नं. को भलिवल टिमले उक्त उपाधीलाई आफ्नो पोल्टामा पारेको हो चम्पादेवी गाउँपालिका वडा नं. पलापुले चिशंखुगढी गाउँपालिकाको टिमलाई सोझो सेटमा हराउदै उपाधी चुमेको हो

पलापुले आफ्नो चीरप्रतिद्वन्द्वी चिशंखुगढी कुईभिरलाई हराएको हो प्रतियोगिताको फाईनल खेलमा कुईभिरलाई १४२५, १५२५ १७२५ को सोझो सेटमा हराएको हो विजेता बनेसँगै चम्पादेवी पलापुले नगद ७७ हजार सय ७७ रुपैया, शिल्ड, मेडल प्रमाणपत्र हात पारेको टिमको उपविजेता बन्दै चिशंखुगढी कुईभिरले ४४ हजार सय ४४ रुपैया नगद, शिल्ड मेडल प्रमाणपत्र हात पारेको

त्यस्तै गरि खेलको तेश्रो स्थानको लागि भएको प्रतियोगितामा मोलुङ गाउँपालिका श्रीचौरले सिद्धिचरण नगरपालिका सल्लेरीलाई कडा प्रतिष्पर्धामा हराउदै नगद २२ हजार सय २२, मेडल प्रमाणपत्र हात पारेको वेष्टअप फाईभ अन्तरगत खेलाईएको खेलमा श्रीचौरले सल्लेरीलाई सेट अन्तरले पराजित गरेको हो

त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिका भित्रका मात्रै महिला खेलाडीहरुलाई सहभागी गराई सञ्चालन गरिएको प्रतियोगितामा मानेभञ्ज्याङ्ग गाउँपालिका मानेभञ्ज्याङ्ग प्रथम, मानेभञ्ज्याङ्ग पंखु दोश्रो मानेभञ्ज्याङ्ग उवुँ तेश्रो भएका छन् विजेता महिला टिमले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार नगद, मेडल प्रमाणपत्र प्राप्त गरेका छन्

आन्तरिक पर्यटन, कृषि पूर्वाधारस्वस्थ युवा विकासको आधार भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रतियोगिताको शोमवार संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले गर्नुभएको थियो त्यस्तै समापन भने प्रदेश सभा का सांसद मोहन कुमार खड्काले गर्नुभएको हो प्रतियोगिता शुक्रबार नै समापन गर्ने गरि सञ्चालन गरिएको भएपनि शुक्रबार पानी परेका कारण खेल एकदिन लम्बिएको प्रतियोगिताका निर्णायक गोविन्दराम तामाङले जानकारी दिनुभयो खेलकुद प्रतियोगिता लम्बिएपछि व्यस्तताका कारण समापनसत्रका प्रमुख अतिथि माननिय सांसद मोहन कुमार खड्काले शुभकामना मन्तव्य दिएर हिड्नुभएको थियो

भलिवल प्रतियोगिताका मुख्य निर्णायक जिल्ला भलिवल संघ ओखलढुङ्गाका अध्यक्ष रुपलाल तामाङको नेतृत्वमा निर्णायकहरु नारायणकाजी राई, सुधिर कार्की, विष्णु राई गोविन्दराम तामाङले निर्णयकर्ताको जिम्मेवारी सम्हालेका थिए खेलकुद प्रतियोगितामा ब्याडमिन्टन तर्फ हेमन्त राई युवराज राईको टोली प्रथम भएको थियो ब्याडमिन्टन तर्फका विजयीहरु प्रथम हुनेले नगद रु १० हजार, दोश्रो हुनेले नगद रु हजार तेश्रो हुने दुवै टिमले क्रमशः नगद रु हजार सय, हजार सय प्राप्त गरेको पनि निर्णायक गोविन्दराम तामाङले जानकारी दिनुभयो