नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गेली कलाकार उमंगको ‘धोकाको पसल’ रिलिज

ओखलढुङ्गान्युज, मंशीर २७ ओखलढुङ्गा । मंगलवारवाट मार्मिक लोक तथा दोहोरी गीत धोकाको पसल युट्युव मार्फत रिलिज भएको छ । ओखलढुङ्गेली मोडेल तथा कलाकार उमंग श्रेष्ठ र तारा पुनले गीतमा अभिनय गरेका छन् । यो गीत रिलिज भएसगै ओखलढुङ्गेली कलाकार उमंगले अभिनय गरेको गीतको संख्या छ पुगेको छ ।

योग्शना डिजिटको प्रस्तुती रहेको यस मार्मीक लोक तथा दोहारी गीतमा चर्चित गायिका बिष्णु माझी र बिशाल सोनीले आवाज दिएका छन् । यस गीतमा सर्जक गणेश अधिकारीको लय तथा ऐमान प्रतिको शब्द रहेको छ ।

कपिल लामाले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा उमंग श्रेष्ठ, सारिका के सी र तारा पुनको अभिनय रहेको छ । गीतको दृश्य छायांकनका लागि कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठले गरेका हुन् । सुजन शाहीले सम्पादन गरेको यस गितको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत हेर्न सकिन्छ ।