नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

जंगली च्याउ खादा ओखलढुङ्गामा एक बालिकाका ज्यान गयो, चारको अबस्था गम्भिर

ओखलढुङ्गान्युज, मंशिर ११ ओखलढुङ्गा । ओखलढुङ्गामा जंगली च्याउ खादा एक बालिकाको ज्यान गएको छ । च्याउ खादा परिवारका अन्य चार जनाको अबस्था गम्भिर रहेको छ । च्याउ खादा खिजिदेम्बा गाउँपालिका वडा नं. ८ सुर्केकाप्ति बस्ने ग्यालु शेर्पाको चार वर्षकी छोरी निमायाङजी शेर्पा रहेकी छन् ।

मृतक बालिककाको परिवारका चारै जनाको विरामी भएकोमा मृतकको बाबु वर्ष २८ का ग्यालु शेर्पाको अबस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । च्याउ खाएर विरामी भएका ग्यालुको श्रीमती वर्ष ३० की लकी शेर्पा, उनका छोरा वर्ष ७ का पासाङ शेर्पा र उनको दाजुको छोरी वर्ष ७ की पोसी शेर्पाको अवस्था भने सामान्य रहेको बताईएको छ ।

शोमवार विहान ८ बजेतिर ग्यालुको घरमा सुकाएर राखिएको च्याउ पोलेर परिवारका सदस्यहरुले समेत खाएका थिए । च्याउ खाएका कारण झाडावान्ता गर्दै बालिकाको मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि मात्रै च्याउ खाएर विरामी भएको कुरा हल्ला भएको थियो । त्यसको जानकारी पाउनसाथ भुसिङ्गाको स्वास्थ्य चौकीवाट आएर स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेका थिए ।

गाउँमा नै प्राथमिक उपचार गरि विरामीहरुलाई थप उपचारका लागि जिल्ला सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा ल्याईएको थियो । अहिले सामुदायीक अस्पताल सोब्रुमा विरामीहरुको उपचार भै रहेको छ । विरामीहरुको पछिल्लो अबस्था भने सामान्य रहेको र घटनाको बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।