नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

अझै छैनन् अाेखलढुङ्गाका ५ स्थानीय तहका केन्द्रमा प्रहरी चौकी

ओखलढुङ्गान्युज, मंशिर ५ ओखलढुङ्गा । ओखलढुङ्गाका सबै स्थानीय तहहरुमा प्रहरी चौकी पुग्न नसक्दा सुरक्षा चुनौती बढेको छ । जिल्लाका ८ स्थानीय तहहरु मध्ये पाँच स्थानीय तहमा प्रहरी चौकी स्थापना हुन नसकेको हो । जिल्लाका सिद्धिचरण नगरपालीका, खिजीदेम्वा गाउँपालीका र मानेभञ्ज्याङ्ग गाउँपालीकाको केन्द्र बाहेक अन्य स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापना हुन सकेको छैन ।

संघिय संरचनाको स्थापना हुनु अगाडी जिल्लामा रहेको सबै ईलाका कार्यालयहरु रहने गाविसमा प्रहरी चौकी रहेका थिए । तर पुनसंरचना सगै ईलाका कार्यालयवाट गाउँपालिका बनेपछि प्रहरी संरचना फेरबदल हुन सकेको छैन । साविकको ईलाका मुकाम रहने गरी पहिलेको प्रहरी चौकी रहेको र पहिलेको मुकाम भन्दा केही फरक स्थानमा गाउँपालिका मुकाम रहदा र जिल्लामा पर्याप्त प्रहरीको दरवन्दि हुन नसक्दा स्थानीय तहमा प्रहरी चौकी पुग्न नसकेका हुन् ।

जिल्लाको ओखलढुङ्गा सदरमुकाम बाहेक खिजिदेम्बाको रावादोलु, खिजिफलाटे र रगनीमा प्रहरी चौकी छन् । लिखु गाउँपालिकाको गाम्नाङ्गटार, चम्पादेवीको घोराखोरी र पलापु, सुनकोसी गाउँपालिकाको कटुञ्जेको कोषहाटमा प्रहरी चौकी छ । त्यस्तै मोलुङको रामपुर र श्रीचौर, चिशंखुगढीको खानिभञ्ज्याङ्ग, मानेभञ्ज्याङ्गको टोक्सेल र मानेभञ्ज्याङ्गमा प्रहरी चौकी रहेको छ भने सिद्धिचरण नगरपालिकाको ठुलाछाप, जन्तरखानीको ठाडे, रुम्जाटार र मिलनचोकमा मात्रै प्रहरीचौकी रहेको छ । यी प्रहरी चौकीहरु मध्ये मिलनचोकको चाही अस्थायी प्रहरी पोष्ट हो

आफ्नै गाउँपालिकामा रहेको प्रहरी चौकीवाट गाउँपालिका मुकाम सम्म पुग्न कम्तीमा ३ किलोमिटर देखी पाँच किलोमिटर सम्मको दुरी पर्दछ । ती गाउँपालिकामा कुनै आपराधिक दुर्घटना भएमा प्रहरी पुग्दा सम्म अपराधमा संलग्नहरु सयौं किलोमिटर टाढा भागिसक्ने अवस्था छ । गाउँपालिका लक्षित गरेर स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पनि जान थालेका छन् । त्यसले गर्दापनि गाउँपालिका कार्यालयले सुरक्षाको चुनौती महशुस गरेको छ ।

प्रहरी चौकी नभएका स्थानीय तहमा सुरक्षा चुनौती नभए पनि सुरक्षा मागगरी आएको कारण गृहमन्त्रालयमा सुरक्षा माग गरी पठाईएको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनु भयो  । जिल्लामा भएको दरवन्दिपुर्ती भएको खण्डमा सबै स्थानीय तहको केन्द्रमा सुरक्षा पोष्ट स्थापना गर्न सकीने उहाँको भनाई छ ।

साविकको निर्वाचन क्षेत्र नं. १ र जिल्ला सदरमुकाम हेर्ने गरि ओखलढुङ्गा सदरमुकाममा नै र निर्वाचन क्षेत्र नं. २ हेर्नेगरी घोराखोरीमा शशस्त्र प्रहरी बेस क्याम्प रहेपनि छ । तर त्यहाँपनि आवश्यकता अनुसारको प्रशस्त शशस्त्र प्रहरीको दरवन्दि छैन ।

ओखलढुङ्गाका ८ स्थानीय तहहरु मध्ये प्रहरी चौकी नभएका स्थानीय तह लिखु गाउँपालिका कार्यालय यसमलाई प्रहरी चौकी गाम्नाङ्गटार, चम्पादेवी गाउँपालीकाको कार्यालय कालिकालाई प्रहरी चौकी घोराखोरी र पलापु , मोलुङ्ग गाउँपालीका कार्यालय प्राप्चालाई ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौक श्रीचौर, सुनकोसी गाउँपालीका कार्यालय मूलखर्कलाई प्रहरी चौकी कटुञ्जे कोशाहाटले र चिशंखुगढी गाउँपालीका कार्यालय शेर्नालाई खानीभञ्ज्याङ्ग प्रहरी चौकीले सुरक्षा दिई रहेको छ ।