नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

सार्वजनिक सुनुवाईमा नगरपालिकाको तिन बुदे प्रतिबद्धता

ओखलढुङ्गान्युज, मंशिर १ ज्यामिरे । सेवाग्राहीले भूकम्प अनुदानको पहिलो किस्ता पाएको तर अभिलेख नभएको भन्ने बारेमा सिद्धिचरण नगरपालिकाले तत्काल प्रकृया अघि बढाउने भएको छ । शुक्रवार सिद्धिचरण नगरपालिका वडा नं. ९ मा नगरपालिकाले प्रदान गरेको सेवा सुबिधाको बारेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले कार्यालयको तर्फवाट यस्तो प्रतिबद्धता जनाउनु  भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी शीव बानियाले नगरपालिकामा कर बुझाउन जादा कार्यालयमा फायल अस्तव्यस्त अवस्थामा रहेकोले आफुहरुले दुःख पाएको भन्दै तत्काल सुधार गर्न माग गरेका थिए । त्यस्तै सहभागी दिप बहादुर बानियाले सार्वजनिक सुनुवाईमा नगरपालिका र ९ नम्बर वडाको बजेटको बारेमा जानकारी गराइए झै नगरपालिकाको परिषद पश्चात के–के, कहाँ–कहाँ र कति रकमको बजेट परेको छ भन्ने बारेमा जानकारी पाउनु आफुहरुको अधिकार भएकोले समयमा नै जानकारी दिन अनुरोध गरेका थिए ।

सहभागी शेर बहादुर बानियाले जिल्ला कृषि तथा पशु सेवा कार्यालयवाट पाउने सेवा सुबिधामा कार्यालयका कर्मचारी र वडा कार्यालयले सिमित व्यक्तिहरुलाई मात्र बोलाएर कार्यक्रम सञ्चालन गरेको र सिमितले मात्रै सेवा पाएकोले कृषि र पशु सेवा कार्यालयवाट पाउने सेवा सुबिधामा पहुँचवालाहरुले मात्रै फाईदा पाउने कार्यक्रम हो ? भन्दै प्रश्न गरेका थिए ।

त्यस्तै सहभागी कमला रम्तेलले आफ्नो घरमा बस्नका लागि अयोग्य छ भनेर प्राबिधिकहरुले भने पनि आफ्नो घर भूकम्पको पूर्ण क्षतिमा नपरेको भन्दै तत्काल अनुगमन गरिदिन अनुरोध गरेकी थिईन् । त्यस्तै मिठुमाया मगरले आफुले भूकम्पको पहिलो किस्ता पाएपनि दोश्रो किस्ता रकमपनि निकासा भएको तर  पैसो लिन जादा पहिलो किस्ता रकम लिएको अभिलेख नै नहुदा पछिल्लो किस्ता नपाएको गुनासो गरेकी थिईन् । आफुले दोश्रो किस्ता लिन गत जेठ देखी जिल्ला धाउदा धाउदा थाकेको भन्दै आफुलाई महिला भनेर हेपेर पटक पटक दुःख दिएको हो कि भन्दै रुदै गुनासो गरेकी थिईन् ।

त्यस्तै गरि सहभागी आईत बहादुर विकले आफु एकल पुरुष भएको र आफुले एक कोठे घर पनि बनाईसकेको र पहिलो किस्ता पनि बनाएको तर अरु किस्ता पाउन नसकेको बताएका थिए । त्यस्तै गरि अन्य सहभागीहरुले प्राबिधिकको सल्लाह अनुसार नै पहिला घर बनाएका भएपनि अहिले उक्त घरको दोश्रो किस्ता र तेश्रो किस्ताको रकमका लागि सिफारिस गर्न नमिल्ने बताएको भन्दै यसको समाधानको लागि तत्काल पहल गरिदिन अनुरोध गरेका थिए । त्यस्तै सहभागीहरुले ३–४ वटा ठाडै र राम्रै घर हुनेहरुको चाही पूर्ण क्षतिमा परि घर बनाईसके तर भूकम्पले पूरै भत्काएर उठीवास भएकाहरुको चाही अनुदान लाभग्राहीको सूचिमा पर्न नसकेको बताउदै तत्काल अनुगमन गरि समाधानको माग गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नगरपालिकाका ईञ्जिनियर दिव्य श्रेष्ठले नागरिकहरुले उठाएको भुकम्प पछिको आवास निर्माणमा केही समस्या भएको स्वीका गरेका थिए । पहिलेका ईञ्जिनियरले आवास वनाउन सिफारिस गरेपनि भूकम्प प्रतिरोधि भवनको आचार संहिता अनुसार सोही घरलाई अर्को किस्ताको लागि सिफारिस गर्न नसकिने बताएका थिए । यदी त्यस्ता घरहरुलाई पास गर्ने नै हो भने चाही पूननिर्माण प्राधिकरणको कार्यबिधिमा नै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै वडा अध्यक्ष दान वशादुर बानियाले कृषि र पशु सेवा कार्यालयको वार्षिक प्रगति प्रतिवेदन वुझाउने समय भएको बेलामा वडामा आएर बाध्यकारी रुपमा कार्यक्रम सम्पन्न नै गर्नुपर्ने आवश्यकता भएकोले सबैलाइृ समेट्न नसकिएको र आगामाी दिनमा त्यसो नहुने बताउनुभएको थियो । त्यस्तै योजना फरफारकका सन्दर्भमा केही समस्या देखएिको बताउदै त्यसलाई आगमी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको समापन सत्रमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, उपप्रमुख ईच्छा कुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, वडा नं. ९ का वडा अध्यक्ष दान वहादुर वानिया, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्मा लगायतले सम्बोधन समेत गर्नुभएको थियो ।

कार्यक्रम समापनलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठले तिन बुदे प्रतिबद्धता जनाउनु भएको छ । सम्बोधनका क्रममा नगर प्रमुख श्रेष्ठले पहिलो किस्ता पाएर दोश्रो किस्ता लिन जादा अभिलेख नभेटिएको भन्ने गुनासोको बारेमा तत्काल प्रकृया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । पुननिर्माण प्राधिकरणको नियमानुसार बनी सकेको घरलाई एकमुष्ठ रकम भुक्तानी दिने कुरा मन्त्रालये निर्णय गरेका अनौपचारीक जानकारी आएपनि हाल सम्म औपचारीक जानकारी नआएको बताउदै स्थानीय तहलाई आधिकारीक पत्र आउनासाथ प्रकृया अघि बढाई निकासा गराउने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै नगरपालिकाको कर कक्ष व्यबस्थित नहुदा कर बुझाउन आउने सेवाग्राहीहरुलाई समस्या भएको भन्ने गुनासोलाई सम्बोधन गर्दै कर कक्षको सुरुवात मात्रै भएकोले त्यसलाई व्यबस्थित गर्न केही समय लाग्ने भन्दै यथासिघ्र त्यसलाई पनि व्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिका क्षेत्रमा हाल सम्म ६ हजार ९ सय ९४ घरधुरी भएको वताउदै नगरप्रमुख श्रेष्ठले करको ब्यबस्थापन चाडै गर्ने र आफुले क बढि तिरेकोमा बिरोध मात्रै नगरी नगरपालिकाल प्रबाह गर्ने सेवा सुबिधाका बारेमा सबै नागरिक चनाखो भै रहन समेत आग्रह गर्नुभयो ।

सार्बजनिक सुनुवाई सिद्धिचरण नगरपालिकाको आयोजनामा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ओखलढुङ्गाको सहजीकरणमा सम्पन्न भएको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ९ को कार्यालय परिसरमा आयोजना गरिएको सार्वजनिक सुनुवाईको सहजिकरण भने ईन्सेकका ओखलढुङ्गा प्रतिनिधी शिव ढुङ्गानाले गरेका थिए ।