नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

जिल्लाकै पहिलो साबुन उद्योग १७ वर्ष देखी बन्द

ओखलढुङ्गान्युज, कात्तिक १६ मानेभञ्ज्याङ्ग । ओखलढुङ्गाको सानको रुपमा परिचित जिल्ला कै पहिलो सावुन उद्योग १७ वर्ष देखी बन्द भएको छ । उद्योगमा काम गर्ने दक्ष कामदारको अभावका कारण सावुन उद्योग बन्द भएको हो ।

ओखलढुङ्गा जिल्लाको घरेलु तथा साना उद्योग विकास समितीले ०५६/५७ सालमा प्रदान गरेको एक हप्ते तालीम पछि युवाहरुको सक्रियतामा सावुन उत्पादन सुरु गरीएको उद्योग बन्द भएको हो । तालिम पछि घरेलु रुपमा संचालन गरीएका सुप्रेम नामको सावुन उत्पादन गर्दै आएको थियो । उद्योग सञ्चालन भएको सुरुवातमा राम्रै उत्पादन र बजार पाएपनि उद्योग सञ्चालन भएको दुई वर्ष पनि राम्रो सग वित्न नपाउदै बन्द भएको हो ।

                                                                                    तस्विरः मनोज भट्टराई 

स्थानीय युवाहरुको सक्रियतामा मोर्डन साबुन उद्योग दर्ता गरि २०५७ सालमा नै उत्पादन सुरुवात गरिएको थियो । तर दक्ष कामदारको अभावका कारण उद्योग दुईवर्ष पनि राम्रो सग नचल्दै बन्द भएको उद्योगका संचालक 

मध्येका एक राजकुमार रुम्दाली राईले बताउनु भयो । साविकको केतुके गाविसको वडा नं. ७ मा साबुन उद्योग सञ्चालित थियो । उद्योगमा उत्पादन गरीएको सावुनले राम्रो वजार पाएको भएपनि दक्ष जनशक्तिको अभावका कारण उद्योग बन्द गर्नुपरेको रुम्दाली राईको भनाई छ ।

उद्योग सञ्चालनका लागि ४ जना युवाहरुले सामूहिक लगानी गरेका थिए । सामुहिक लगानीमा उद्योग दर्ता गरि सञ्चालन गरिएको भएपनि उद्योगमा पछिल्लो समय सबैले समय दिन नसक्दा उद्योग नै बन्द भएको रुम्दाली राईले दुखेसो गर्नु भयो । पछिल्लो समय प्रशिक्षकको सल्लाह अनुसार आफुहरुले सावुन उद्योगका लागी बिभिन्न मेसीन ल्याई उत्पादन गर्ने लक्ष सहित मेसिन उपकरण ल्याएको भए पनि दक्ष कामदारको अभावमा ०५८ साल देखी उद्योग बन्द नै रहेको राईको भनाई छ ।

गाउँमा बिभिन्न संघ संस्था तथा सरकारी कार्यालयबाट प्रदान गरीने ब्यवसायिक तालीममा धेरैलाई सहभागी गराई बिभिन्न घरेलु उद्योग दर्ता भए पनि यहाँ कच्चा पदार्थ र आर्थीक अभाक कै कारण उद्योगहरु बन्द हुदै गएका छन् । ग्रामिण भेगमा बिभिन्न सपना बोकी उद्योग खोली गाउँमा नै केहि गर्न खोज्ने युवाहरुलाई राज्यले केही सहयोग गरे बैदेशीक रोजगारीका लागी बिदेशीने क्रम समेत रोकिने देखिन्छ । तर पहुँचवालाको लागी मात्रै वोलवाला रहेका कारण युवाहरु विदेशिने क्रम भने रोकीएको छैन ।