नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

चाडवाडमा यात्रु ठग्ने सवारीलाई कार्बाहीवाट १ लाख राजश्व, यात्रुको रकम फिर्ता

ओखलढुङ्गान्युज, असोज ९ ओखलढुङ्गा । दशैको बेला मौका छोपी यात्रु ठग्ने सवारी साधनलाई ओखलढुङ्गा प्रहरीले कार्बाही गरेको छ । सरकारले तोकेको भाडादर भन्दा बढि रकम लिने र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कार्बाही गरिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

दशैपछाडी साविकको भाडाभन्दा बढी भाडा लिने बस, सुमो, जिपका यात्रुलाई बढी वापतको रकम ओखलढुङ्गा प्रहरीले फिर्ता गराएको छ । बिहिवार पनि बढी भाडा लिने सोलुबाट काठमाण्डौंका लागि छुटेको बा ३ ख ५५४६ नं को बस, केतुकेबाट काठमाण्डौका लागी बुधबार छुटेको बा ३ ख ४३९३ नम्बरको बसबाट यात्रुहरुले तिरेको बढि भाडा वापतको रकम फीर्ता गराईएको छ । दशैको अबधिमा मात्रै यातायात साधनको क्षमता भन्दा बढि यात्रु बोक्ने सय भन्दा बढि सवारी साधनलाई कार्बाहीको दायरामा ल्याईएको ओखलढुङ्गामा ट्राफिक प्रहरी ईञ्चार्ज कुमार फुयालले जानकारी दिनुभयो ।

दशै मनाएर कार्यस्थलमा फर्किने यात्रुसंग बढीभाडा लिने तथा क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई ओखलढुङ्गा प्रहरीले कारबाही थालेको हो । यातयात व्यवसायीहरुले दशैको बहानामा नियमीत भन्दा बढी भाडादर असुल्ने गरेका छन् । सोलुखुम्बुबाट ओखलढुङ्गा हुदै काठमाण्डौ सम्म जाने सवारीसाधनको न्युनतम भाडादर बसमा प्रतियात्रु १ हजार १ सय रुपैया र सुमो तथा जिपमा १ हजार ५ सय रहेको भएपनि बसले १ हजार पाँचसय र सुमो तथा जिपले २ हजार सम्म लिने गरेका छन् ।

ओखलढुङ्गाबाट काठमाण्डौ, बिराटनगर, कटारी लगाएतका स्थानमा जाने सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि सवारी साधन तथा चालकलाई कारबाही थालीएको ओखलढुङ्गा ट्राफीक प्रहरी ईञ्चार्ज कुमार फुँयालले बताउनु भयो । सर्वसाधारणलाई दशै सकाएका कार्यस्थलमा पुग्न चटारो हुने भएकाले बढी भाडा तिरेरै भएपनि गन्तब्यमा पुग्नु पर्ने बाध्यता रहेकोे यात्रुहरुको गुनासो छ ।

ओखलढुङ्गामा प्रहरीले यात्रुको संख्या र टिकटमा चेकजाँचमा कडाईसगै कार्बाही गर्न थाले पश्चात ओखलढुङ्गावाट काठमाण्डौ लगायतका जिल्ला बाहिर जाने सवारी साधनले भाडा लिने तरीका फेरीएको छ । टिकटमा नै उल्लेख गरिएको रकम तोकिएको भन्दा वढि भाडा रहेको पाईएमा प्रहरीले फिर्ता गराउन थालेपछि काउण्टरवाटै बढि रकम लिईएपनि टिकटमा भने साविककै भाडादर उल्लेख गर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । टिकटमा नै साविकको भाडा उल्लेख गरिएको कारण यात्रुहरुले बढि भाडा तिरेको भएपनि प्रमाण नभएको कारण रकम फिर्ता गर्न नसकिने प्रहरीले जनाएको छ ।

तर ओखलढुङ्गा प्रहरीले भने जिल्ला भित्रने तथा बाहिरीने प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाई गरेको छ । यसअघि यातयात ब्यवसायीबाट पटकपटक ठगिने गरेको यात्रुहरुको गुनासोका आधारमा प्रहरीले आफ्नो सक्रियता बढाएको हो । दशै अबिधमा मात्र सय भन्दा बढी सवारीसाधन कारबाहिमा परिसकेका छन् । कार्बाहीमा परेका सवारी साधनवाट प्रहरीले १ लाख बढि राजश्व संकलन गरिसकेको छ । कारबाहीमा परेका मध्ये अधिकांशले बढी भाडा लिने तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाईएको ट्राफिक प्रहरी ईन्चार्ज फुुयालको भनाई छ । पर्वका समयमा हुनसक्ने दुर्घटना रोक्न चेकजाँचमा कडाइ गरिएसँगै यातयात ब्यवसायी भने रुष्ट बनेका छन् ।

पछिल्लाे समय ताेकिएकाे सार्बजनिक यातायातकाे भाडादर लिष्ट :