नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्राकृतिक प्रकोप न्यूनिकरणका सडक नाटक

ओखलढुङ्गान्युज, असोज २८ ओखलढुङ्गा । शनिवार ओखलढुङ्गाका किशोरीहरुले विश्व प्राकृतिक प्रकोप न्यूनिकरण दिवसको अवसरमा सडक नाटक प्रस्तुत गरेका छन् । दिवसका अवसरमा किशोरीहरुले विद्यालयलाई कसरी विपद रहित बनाउने भन्ने सन्देश दिने उद्देश्यले सडक नाटक प्रदर्शन गरेका हुन् ।

सडक नाटक सम्पन्न पश्चात सहभागीहरुलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छा कुमारी गुरुङले नगरक्षेत्रका विद्यालयहरु सुरक्षित र व्यवस्थीत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सम्बोधनको क्रममा उपप्रमुख गुरुङले नगरभित्रका सबै विद्यालयको भौतिक संरचना निर्माण, आवश्यक व्यवस्थापन तथा व्यबस्थापकिय पक्षमा सुधार गर्न जोड दिने बताउनुभयो । सडक नाटकवाट आफु धेरै प्रभावित भएका भन्दै सडक नाटकमा किशोरीहरुले अभिनय गरेर देखाए जस्तै नगरपालिकाले हामी काम समेत गरेर देखाउँने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्राकृतिक प्रकोपबाट जनधनको क्षति रोक्ने अभियान अन्तर्गत कार्यक्रम गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ १ नम्बर प्रदेशका कोषाध्यक्ष किशोर सुनुवारले बताउनुभयो । शिक्षक, विद्यार्थी र अभिभावकले गर्न सक्ने पूर्वतयारी र सतर्कताबारे नाटक प्रस्तुत गरिएको सुनुवारले बताउनुभयो । यस्ता चेतना मुलक नाटकहरुलाई गाउँगाउँसम्म फैलाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

ओखलढुङ्गामा रहेका विभिन्न सरकार ितथा गैह« सरकारी संघसंस्थाहरुको सहयोगमा सामुदायिक रेडियो भिजन एफएमले सडक नाटकको आयोजना गरेको हो । कार्यक्रममा विद्यालय सुरक्षाका लागि स्थानीय तथा राष्ट्रिय स्तरबाट चालिनुपर्ने कदमका बारेमा चेतनामुलक नाटक देखाइएको थियो । ओखलढुङ्गामा २०७२ को भूकम्पबाट तीन सय भन्दा बढि विद्यालयहरु क्षतिग्रस्त छन् । क्षतिग्रस्त भएका विद्यालयहरु मध्ये हाल सम्म एकतिहाईको संख्यामा पनि पूननिर्माणको काम सम्पन्न हुन सकेको छैन ।