नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नागरिकको चाहना अनुसार सरकारले काम गरिरहेको : उर्जामन्त्री पुन

ओखलढुङ्गान्युज, असोज २८ फेदिगुठ । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले नेपाल सरकारले नागरिकको ईच्छा र चाहना अनुसार नै काम गरिरहेको बताउनुभएको छ । शनिवार ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ४ फेदिगुठमा ‘मिसन मालिङ्गे भिजन २१००’ को उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले सबै नेपालीलाई विद्युतको सेयर धनी बनाईने बताउनुभयो। नेपाल सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयर धनी’ भन्ने लक्ष्य अनुसार सरकारले काम गरिरहेको बताउदै अबको दश वर्ष भित्रमा नेपालमा नै १५ हजार मेघावाट विद्युत उत्पादन गरेर विद्युतमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

नेपाल जलश्रोतको धनि देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको मन्त्री पुनको भनाई थियो । मन्त्री पुनले नेपालका खोलानालाबाट विद्युतको उत्पादन गर्ने तथा झरनाहरुको दृश्यावलोकनवाट पर्यटनको सम्भावना भएकाले पानीबाटै नेपालको समृद्धि छिटो हुनेमा जोड दिनुभयो । अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्ने तर्फ सबै नागरिकलाई ढुक्क हुन आग्रह गर्दै उहाँले विद्युत र पर्यटनमा प्रगति गर्दै कृषिमा आधुनिकिकरण सँगै आत्मनिर्भर बन्ने विश्वास ब्यक्त गर्नुभयो । मन्त्री पुनले वर्तमान सरकारले नै सबै नेपालीका घरघरमा विद्युत पु¥याउने समेत बताउनुभयो ।

कार्यक्रममा संघिय प्रतिनिधी सभाका सदस्य सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य क ओखलढुङ्गाका सांसद अम्बिरबाबु गुरुङ, प्रदेशसभा सदस्य ख ओखलढुङ्गाका सांसद मोहन कुमार खड्का, पूर्वसांसद रामहरि खतिवडा, गाउँपालिका अध्यक्ष नवराज केसी, वडा अध्यक्ष झलकमान तामाङ लगायतले नजिकिदै गरेको विजया दमी तथा ुभदिपावलीको शुभकामना दिदै सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओखलढुङ्गाको विकासमा गम्भिर बन्न आग्रह गरेका थिए ।

चम्पादेवी ५ का वडा अध्यक्ष झलकमान तामाङले देशमै नमुना योग्य काम गरेको भन्दै उनको प्रशंसा समेत गरेका मन्त्री पुनले वडा अध्यक्षको पहलमा सुरु भएको मिसन मालिङ्गे आपतकालीन कोषमा १ लाख तत्काल सहयोग गर्ने घोषणा गरे । वडा अध्यक्ष तामाङको पहलमा सुरु गरिएको मालिङ्गे आपतकालीन कोषमा अबको २५ वर्षपछि २१०० साल सम्ममा २ करोड रकम जम्मा गरेर त्यसबाट प्राप्त ब्याजबाट स्थानीय विपन्न, प्रकोप पीडित र असहायलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन र कोष स्थापनाका लागि ‘मिसन मालिङ्गे भिजन २१००’ आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाइृ सम्बोधन गर्न आईपुगेका मन्त्री पुनले सोलुखुम्बुको तिङ्ला स्थित ३३ केभिए ट्रान्समिसन लाईनको समेत शनिवार अवलोकन गरेका छन् ।