नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सिन्धुलीमा बस दुर्घटना, तिनको मृत्यु, चार घाईते, एक वेपत्ता

ओखलढुङ्गान्युज, असोज २६ काठमाण्डौं । बनेपा-सिन्धुली-बर्दीवास (वीपी) राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा शुक्रबार बस दुर्घटनामा परेको छ । ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने थप चार जना गम्भिर घाईते भएका छन् ।

दशैँमा घर फर्कने यात्रु लिन सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ जादै गरेको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा एकजना यात्रुको घट्नास्थलमै मृत्यु भएको थियो । थप दुईजनाको भने उपचारका क्रममा धुलिलेख अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

मृत्य हुनेमा बसमा सवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रबी खड्का, बस चालक मरिण गाउपालिका –७ सुकेदमारका राज कुमार लामा र उनका भाई अमित लामा रहेको प्रहरी उपरिक्षक यादवले जानकारी दिनुभयो । खड्काको भने घटनास्थलमा नै मृत्यु भएको हो ।

काठमाडौँबाट सिन्धुली तर्फ आउदै गरेको ९९ प २५५७ नम्बरको मोटर साइकलसँग उक्त बस ठोक्किँदा सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भै रहेको छ । मोटरसाइकलका चालक देबेन्द्र विक समेत गम्भीर घाइते भएका छन् । घाइतेहरू सबैको नाम खुली नसकेको प्रहरी जनाएको छ ।

बसमा ४ जना यात्रु र ४ जना बसका स्टाफ गरी ८ जना सवार रहेको प्रहरीले जनाएको छ । मृतक बाहेक मोटरसाइकलमा सवारसहित ६ जनालाई मात्र घाइते अवस्थामा उद्धार गरिएकोले अझै १ जना दुर्घटनामा बेपत्ता भएको हुन सक्ने आशंकामा प्रहरी र स्थानीयले खोजी तथा उद्धार जारी राखेका छन् ।