नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ट्याक्टरले किचेर ओखलढुङ्गामा एकको मृत्यु

विवेश श्रेष्ठ, असोज १३ ओखलढुङ्गा । ओखलढुङ्गामा ट्याक्टरले किचेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ साविकको मोली गाउँ विकास समिति वडा नं. ८ का वर्ष ४६ का दशरथ राई रहेका छन् । 

ओखलढुङ्गावाट व्यापारिक सामान लिएर मोली जादै गरेको ट्याक्टरले किच्दा राईको मृत्यु भएको हो । सामान लिएर मोली जाने क्रममा रहेको ट्याक्टरलाई वाटो देखाउदै जाने क्रममा शुक्रबार राती ९ बजेतिर को २ त ४६८० नम्बरको ट्याक्टरले किचेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटना घट्न साथ ट्याक्टर चालक मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधवपुरका दिनेश मगर फरार भएका छन् । 

घटनास्थलमा जिल्ला प्रहरीका कार्यालय ओखलढुङ्गाका प्रहरी ईन्सपेक्टर शरण कुमार दाहाल नेतृत्वको टोली पुगेको छ । ट्याक्टरले किचेर राईको घटनास्थलमा नै मृत्यु भएको र फरार चालक मगरको खोजि सगै घटनाको बारेमा थप अनुसन्धान भै रहेको घटनास्थलवाट प्रहरी ईन्सपेक्टर शरण कुमार दाहालले जानकारी दिनुभयो ।