नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सनराईज बैंकको व्याग र स्टेशनरी सहयोग

ओखलढुङ्गान्युज, असोज १ ओखलढुङ्गा । सनराईज बैंंक ओखलढुङ्गा शाखाले विविध कार्यक्रमका साथ आज ओखलढुङ्गामा पनि आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सहयोग वितरण गरेको छ ।

बैंकले आफ्नो स्थापना दिवसको अवसरमा ओखलढुङ्गा सदरमुकामको सगरमाथा जनता माद्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाई एक–एक थान व्याग सगै स्टेशनरी वितरण गरेको हो । आज विद्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष किशोर सुनुवार र बैंकका ओखलढुङ्गा ब्रान्च मेनेजर खेमराज रानामगरले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

आफ्नो स्थापना दिवसको अबसरमा बैंकको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत व्याग र स्टेशनरी सहयोग गरिएको बैंकका अप्रेशन मेनेजर शर्मीला धमलाले जानकारी दिनुभयो । प्रत्येक कक्षाका गरिब तथा जेहेन्दार १ छात्रा, १ छात्रलाई सामाग्री वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सामाग्री वितरण कार्यक्रममा बैंकका ब्रान्च मेनेजर मगरले बैकको आवश्यकता र बैकले प्रदान गर्ने सेवा सुबिधाको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै बैंकले सहयोग गरेकोमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुनुवारले सनराईज बैंक परिवारलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बैंकका मेनेजर रानामगरले विद्यालय व्यबस्थिापन समितिका अध्यक्ष सुनुवार र प्रधानाध्यापक माधब कुमार मास्केलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।