नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

ओखलढुङ्गामा पनि विभिन्न कार्यक्रमका साथ शिक्षा दिवस

ओखलढुङ्गान्युज, भदौ २३ ओखलढुङ्गा । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा ओखलढुङ्गामा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । दिवसको अबसरमा सगरमाथा जनता माद्यमिक विद्यालयमा आधारभूत तह स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने राष्ट्रिय नाराका साथ शिक्षा दिवस मनाईएको हो ।

ओखलढुङ्गा सदरमुकाम सगै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि शिक्षा दिवसको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । शिक्षा दिवसको अवसरमा ओखलढुङ्गाको सजमाविमा भएको कविता वाचन प्रतियोगितामा कक्षा ७ की विनिता राई प्रथम, कक्षा ६ की विविशा श्रेष्ठ दोश्रा र कक्षा ७ की सविता कुमारी शाह तेश्रो भएकी छन् ।

प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बाल दिवसको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक माधव कुमार मास्केले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिकाको शिक्षा ईकाई अन्तर्गत कार्यक्रम सञ्चालन भएकोले नगरपालिकाको शैक्षिक विकास कार्यक्रम अन्तर्गत अन्य विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालन गरिने र विजयी भएका विद्यार्थीहरुलाई नगरपालिकाको तर्फवाट बालदिवसको अबसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको श्रोतव्यक्ति गोपि गौतमले जानकारी दिनुभयो ।

प्रतियोगिता कार्यक्रम सिद्धिचरण नगरपालिकाको शिक्षा ईकाईको आयोजनामा तथा सजमाविको समन्वयमा गरिएको पनि विद्यालयका प्रधानाध्यापक मास्केले जानकारी दिनुभयो । आधारभुत तह स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको भएपनि प्रतियोगितामा भने थोरै विद्यार्थीहरुले मात्रै आफ्नो सहभागिता जनाएका थिए ।