नेपाली समय Loading...२०७६ आश्विन ५ आईतवार

बढ्दैछ बलात्कार, तर बलात्कार रोक्न खोई हाम्रो भूमिका

अहिलेको हाम्रो समाज

पछिल्लो केहि दशकदेखि शिक्षा, स्वास्थ्य, सडक, शहरसबैको स्वरूप परिवर्तन भएका छन् । केहि बाहेक पढ्न पाइन भन्नेको संख्या एकदम कम भएको छ । शैक्षिक सस्थाहरु पनि प्रशस्त छन् । धेरै विद्यार्थी विदेश पढ्न जान सजिलो भएको छ । स्वास्थ्यका बिषयमा पनि केहि परिवर्तन भएको छ । उपचार गराउन प्रबिधि सहित नयाँ नयाँ बिषयविज्ञ पनि उपलब्ध छन् । अब देशको सडक संजाल दुईवटा जिल्ला सदरमुकाम जोडिन बाकि छन् ।

शहरमा चिल्ला सडक, महंगा गाडी, समय अनुसारका फ्लिम हल, कफी सप, स्विमिङ पुल, सपिङ्ग कम्प्लेक्स, ब्यबसाय बढेको छ । यसो हेर्दा गज्जबको बिकाश भईरहेको छ । यससंगै के हाम्रो समाज बिकाशको यहि गतिमा सुरक्षित छ तरु के हाम्रा छोरीहरु, भतिजीहरू, दिदि–बहिनीहरु, आमाहरु अथवा महिला सुरक्षित छन् तरु के तपाइँ आफै सुरक्षित महशुस गरेर दिनरात आनन्दले सडकमा, घरमा रहन सक्नुहुन्छ ? लाग्दैन कि हामी त्यति सुरक्षित छौ । बिहान हिडेको छोरी, दिदी–बहिनी, आमा बेलुका हासेर घर फर्कने वातावरण छरु तपाँई हामी आफै त्यसैगरी हासेर फर्कने वातावरण छ ?

फेरिपनि केहि अनुत्तरित प्रश्नहरु बीच पनि परिवार, समुदाय र समाज परिवर्तन भेईरहेको छ । प्रत्येक व्यक्तिको खानपान, बोलि, ब्यबहार, चालचलन सबैथोकमा नयाँपन देखाउने होडबाजीले गर्दा एकअर्काका परिपुरक हुनुपर्ने समाज फरक हुदै गएको छ । तपाँईले हिजो भेटेको, देखेको र बोलेको मान्छे आज फरक भैसकेको हुन्छ । हामीसँग सामूहिक चरित्रको भावना नै एकदम कम हुदै गएको छ । “म” लाई राम्रो भए अन्य कसैको पनि केहि भएपनि मतलब नगर्ने संस्कृतीको बिकाश भैरहदा समाजमा पछिल्लो समयमा सामाजिक अपराधहरु दिनदिनै बढ्दो छ । त्यो पनि बलात्कार जस्तो जघन्य र आततायी घटनाहरु ।

 

दिनदिनै भएका बलात्कारमा हाम्रो समाजको उदासिनता

नावालक बाल (किशोरीहरु, अपाङ्गता भएका, सुस्त मनस्थिति भएकाहरु बलात्कारका शिकार भएका छन् । बालबालिका अपहरणमा परेका छन् । बालबालिकालाई अपराधमा संलग्न गराइएको छ । प्रत्येक दिन समाचार बनेर आएका यस्ता अपराधिक बिषयमा हामी भने लगभग मौन छौ । हाम्रो स्वर मलिन छन् । हामी खुलेर यसका बिषयमा छलफल गरिरहेका छैनौ किन त ?

समाजको स्वरूप, मानसिकता र भौतिक संरचना त परिवर्तन भएको छ, त्यससंगै जघन्य अपराध पनि बढ्दो छ । यी अपराधमा संलग्न व्यक्ति अन्य कुनै ठाउ अथवा देशबाट आएर गरेको कुरा त अहिलेसम्म एकदमै न्यून छ । अहिले भैरहेका घटना त हाम्रै समाजमा हुर्केका, खेलेका, हाम्रै आफ्नै परिवार, समुदाय र समाजका मान्छे नै हुन । केहि साता अघिको एउटा रिपोर्टमा यस्ता अपराधमा संलग्न धेरै आफन्त, शिक्षक र छिमेकी भन्ने थियो । यस्ता समाचार पढेर हाम्रो मथिंगल हल्लिन्छ नै । पछिल्ला समयका धेरै घटना तपाइले केलाउनु भयो भनेपनि सबैजसो घटनाका पीडक नजिक र चिनेजानेका वरपर कै छन् । त्यसो हो भने यो आततायी अपराध कम गर्नमा हामी कहाँनेर चुक्यौ त ? हामीले व्यक्ति–व्यक्तिमा, घर–घरमा, परिवारमा, समाजमा ब्यापक बहश गर्ने बेला भईसकेको छ । हाम्रै भाई, छोरा, काका नै त हुन यस्ता घटनाका दोषी ।

यस्ता अपराध कम गर्न केहि बिषयहरुमा छलफल अहिले बाहिर आएको पनि छ । त्यो पनि जति छलफल हुनुपर्थ्यो, त्यो हुन सकेको छैन । शहर केन्द्रित केहि सिमित मानिसहरु अभियानमा लागेका छन् । बलात्कारीलाई मृत्युदण्डका बिषयमा पनि केहि समयदेखि छलफल चलेको पनि छ । विभिन्न अधिकारकर्मी संघ सस्थाहरु लागि परेका छन् । त्यो पनि पर्याप्त मात्रामा छैन ।

हामीले अपराध न्यूनीकरण गर्न राज्यलाई मात्रै जिम्मा दिइरहेका छौ । हाम्रो ठाउँबाट कसरि सहयोग हुनसक्छ भन्ने बिषयमा अथवा समाजमा यस्ता घटना किन हुन्छ ? पीडक किन यस्तो जघन्य अपराधमा संलग्न भयो भनेर सुक्ष्म अध्ययन छलफल हुन सकेको छैन । जसले गर्दा पीडक नसमातिने, उम्कन मौका पाउने, पिडित परिवारका सदस्य झन् समाजबाट प्रताडित हुने जस्ता काम भैरहेको छ ।

भर्खरैपनि समाचारहरुमा आयो कि कंचनपुरमा एकजना निर्दोष किशोरिको बयानले पनि हाम्रो समाज कस्तो छ ? उजागार गर्न मद्दत गरेको छ । बिना कसुर निर्मला पन्तको हत्यामा संलग्न भनेर प्रहरीले पाँच दिनसम्म दिएको यातना सँगसँगै बिद्यालयमा र समुदायमा त्यो भन्दा बढी मानसिक तनाव भएको बताएको थिइन् ।

 

हामीले गर्नेपर्ने काम

समाजले किन यसरि अपराधलाई पचाईरहेको छरु यसका बिभिन्न कारणहरु हुन सक्छन । भूगोल, समूदाय, समय, सामाजिक वातावरण, हुर्काई, शिक्षा, दण्डहीनता, कानुनि शासन, बेरोजगार, लागुपदार्थ दुर्व्यसनी, सामाजिक सञ्जालका माध्यम अनेक अनेक हुनसक्छन् । खोई त हाम्रो समाजले र हाम्रो स्थानीय सरकाले यसको सुक्ष्म अध्ययन गरेको ? यो त सामाजिक समस्या हो । हाम्रो समाजले हुर्काएको सस्कृती हो ।

किन मानिस बलात्कार, अपहरण, हत्या गर्ने जस्तो जघन्य अपराधमा संलग्न छ भनेर अध्ययन नहुदा यस्ता सामाजिक अपराध बढिरहेको छ । किन हाम्रो बिद्यालय स्तरमा, टोल टोलमा मनोपरामर्स केन्द्र खुल्दैनन् अथवा पढाइ हुन्न रु हामीले स्थानीय सरकारसंग बाटो ढलाईका बिकाशका लागि मात्रै कराउने कि परिवर्तन हुदै गएको समाजको विकृत मानसिकतामा पनि काम गरौ भन्ने रु हाम्रो लागि प्रश्न हामी आफैले खडा गरेका छौ ।

जसरी व्यक्ति, परिवार, समाज, शहर बनिरहेका छन्, बिश्व घुमेका छन्, देखेका छन, प्रविधिको पहुँचमा छन्, त्यसैगरि हाम्रो समाज र हामीपनि सुरक्षित र सभ्य हुदै जानुपर्नेथ्यो । हामीले अहिले बढेका घटना के कारणले हो भनेर छुट्याउन र सुक्ष्म ढंगले अध्ययन नगर्दा सतही रुपमा कानुनि कारवाहीको मात्रै मागले पुग्दैन । कारणपत्ता लगाउनका लागि समाज मै जानुपर्छ । साथै पीडकसंगको अध्ययन आवश्यक छ । उ के कारणले यस्तो जघन्य अपराधमा सामेल भयो भन्ने कुरा पत्ता नलागेसम्म बलात्कार जस्ता घटना मृत्युदण्ड नै सजाय राखेपनि कम हुनेछैन ।

अर्को कुरा समाजमा रहेका नागरिक समाजले राज्यलाई दण्डहिनता अन्त्यका लागि आवश्यक नियमित दबाब दिईरहनु आवश्यक हुन्छ । यसमा पीडकका परिवार, आफन्त, समुदाय, राजनीतिक दल लगायतले सहयोग गर्नैपर्छ । अहिले पीडितले न्याय नपाउनु भनेको अर्को मुख्य कारण हामीहरुले नै कारवाहीको दायरामा ल्याउन सहयोग नगर्नु, प्रहरी प्रशासनको कमजोर अनुसन्धान, राजनीतिक दबाब कै कारण हो । यी सबैका लागि हामी आफै जागरुक नभएसम्म यस्ता आततायी घटना कम हुनेछैन ।

 

 

स्थायी घर हेटौडा भएका शर्मा हाल ललितपुरमा हुनुहुन्छ ।