नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पक्राउ परेका हर्कपुरका सन्तोषको हत्या आरोपी सन्जीवलाइ सार्वजनिक गरिदै

विएन श्रेष्ठ, भदौ १४ ओखलढुङ्गा । हर्कपुरका सन्तोष कार्कीको हत्या आरोपी सन्जीव थापालाई आज ओखलढुङ्गा प्रहरीले अदालतमा हाजिर गराएको छ । थापालाई अदालतमा हाजिर गराएर आवश्यक थप अनुसन्धानको लागि म्याद थप गरेर हिरासतमा राखेको छ ।

गत भदौ ५ गते मोलुङ गाउँपालिका वडा नं‍ ३ साविकको हर्कपुर ९ का सन्तोषको हत्या गरेको आरोपमा प्रहरीले दाङको लालमटिया, भालुबाङ घर भएका थापालाई बाँकेको कोहलपुरवाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका थापालाई आज साझ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरेका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । आफ्नै घरमा बसेर टिभी हेरिरहेका कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

वैदेशिक रोजगारका सिलसिलामा दुबै बस्दै आएका थापाले आफ्नी श्रीमतीसँगको लसपसका कारण कार्कीको हत्या गर्नुपरेको र उचित समयमा प्रहरी समक्ष आत्मसमर्पण गर्ने सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनी केही दिन अघि मात्र दुबैबाट नेपाल आएको बताइएको छ ।