नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

हर्कपुरका सन्तोषको हत्या गरेको स्वीकार गर्ने एक युवा बाँकेवाट पक्राउ

विवेश श्रेष्ठ, भदौ १३ ओखलढुङ्गा । गत भदौ ५ गते मोलुङ गाउँपालिका वडा नं. ३ साविकको हर्कपुर ९का सन्तोषको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालवाट सन्तोषको हत्या गरेको स्वीकार गर्ने सञ्जीत थापालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा बाँकेको कोहलपुरवाट प्रहरीले पक्राउ गरेको हो । थापालाई बुधवार विहान ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी सहितको प्रहरी टोलीले पक्राउ गरेको जनाईएको छ ।

थापालाई पक्राउ गरेको विषयमा यो समाचार तयार गर्दा सम्म जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा भने कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । ‘थापा पक्राउ परेको विषयमा हामीलाई अहिले सम्म केही जानकारी छैन । उनलाई पक्राउ गर्नका लागि देशभर नै प्रहरीको टोली सञ्चालित चाही थियो । हामीलाई पनि आधिकारीक केही नआएकोले केही भन्न सक्दैनौ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले भन्नुभयो ।

आफ्नै घरमा बसेर टिभी हेरिरहेका कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । वैदेशिक रोजगारका सिलसिलामा दुबै बस्दै आएका थापाले आफ्नी श्रीमतीसँगको लसपसका कारण कार्कीको हत्या गर्नुपरेको र उचित समयमा प्रहरी समक्ष आत्मसमर्पण गर्ने सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनी केही दिन अघि मात्र दुबैबाट नेपाल आएको बताइएको छ ।

सञ्जितले सामाजिक सञ्जालमा यस्ताे लेखेका थिए ः